ताजा समाचार

सप्तरीमा बिश्वकर्मा बाबाको मुर्ति सेलाउन जन्ती झौ सिगारीए,बलान खोला पुगे गाउँले

सप्तरीमा बिश्वकर्माको मुर्तिको सेलाउन घुइँचो

  • असोज २, २०७८
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २" असोज - सप्तरीको सुरुङ्गगा नगरपालीका हनुमान चौधरी स्थित स्थानीय कमलपुर गाउँलेहरुले भब्यरुपमा बिश्वकर्मा पुजा मनाएका छन्।गाउँका दर्जनौं ब्यक्तीहरुले अ-आफ्नो घरमा बिश्वकर्मा बाबाको पुर्ति स्थापना गरी भब्यरूपमा पुजा अर्चना गरेका स्थानीय सरोवर महतोले जानकारी दिनु भयो। नेपालका मध्य तराईका जिल्लाहरुमा बिशेष गरी विश्वकर्मा पूजा मनाईन्छ । बुधबारको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरेका छन्।बिश्वकर्मा पुजामा विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजा बुधबारा गरी बिश्वकर्मा पूजा मनाउने चलन रहेको छ। खास गरी कल कारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ । विश्वकर्मा पुजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानी नोक्सानी नहुने विश्वास छ । यसैगरी, सुदुरपश्चिममा विजय उत्सवको रुपमा मनाउने बुढीपोल्ने पर्ब बुधबार धुमधामका साथ मनाईदै छ । प्रत्येक बर्ष असोज सँक्रान्तिका दिन बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व मनाईन्छ ।

बिश्वकर्मा बाबाको मुर्ति सेलाउन गाउँका दर्जनौं ट्राकटरमा बजा गाजाको साथ सास्कृती प्रोग्राम गर्दै गाउँका हजारौं महिला पुरुषहरूले नाचगान गर्दै एक अर्कामा अबिर लगाउदै खुशीयाली बाडदै नजिकै पर्ने उदयपुरको बलान खोला पुगने गरेका छन्।मुर्ति सेलाउने कार्यक्रममा गाउँका उल्लेखनीय ब्यक्तीहरुको सहभागीता रहेको स्थानीय सुरेश महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤