ताजा समाचार

बाराको आदर्श कोतवाल गाँउपालिकाको अध्यक्ष मुस्तुफा असंसारीले गरे पत्रकार उपर कुटपिट

  • भदौ १२, २०७८
  • १२७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा- बारा जिल्ला आदर्श कोतवाल गाउंपालिकाका अध्यक्ष मुस्तुफा अंसारीले सोही गाउपालिकाबासी पत्रकार तथा रेडियो बादलका प्रबन्ध निर्देशक नुरआलम बादशाहलाई कुटपिट गरेको आरोप बादशाहले लगाएका छन। गाउंपालिकाबाट सन्चालित एम्बुलेन्सका ड्राईवर आज प्रमुखसंगै, उपेन्द्र यादवको पार्टिको कार्यक्रममा बिरगंज गएको र निज पत्रकार बादशाहको परिवारको सदस्यलाई अकस्मात आवस्यक्ता परेको अवस्थामा अस्पताल पुर्याउन बिना लाइसेन्सका ड्राईवरलाई आग्रह गर्दा ती ड्राईवर नगई उल्टै धाकधम्की-गाली-गलौच गरेको तथा कार्यक्रमबाट फर्केका गाउँपालिका प्रमुख मुस्तुफाले आफ्ना गुण्डा लगाई कुटपिट गरेको पत्रकार बादशाहले आरोप लगाएका हुन।

उनी अहिले जिल्लाको सदरमुकाम कलैया अस्पतालमा उपचाररत छ्न। यता आदर्श कोतवाल गाउंपालिकाका अध्यक्ष अंसारिले आफुले त्यस्तो केही नगरेको तथा पत्रकार बादशाहले नै एम्बुलेन्सका ड्राईवरलाई कुटपिट गरेको बताएका छन। उनले, सो घटना बारे बुझ्न गाउंपालिका कार्यालयमा दुबै पक्षलाई बोलाएको र सोही बेला दुबै पक्ष एक आपसमा लडेको बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤