ताजा समाचार

नेपाल रजक सेवा समाजको प्रादेशिक बैठक सप्पन्न

  • साउन ११, २०७८
  • १२४७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम- प्रदेश नं २ स्थित जनकपुरधाम उपमाहानगरपालिकाको रजक वंशी  सेवा आश्रममा गत श्रावण ९ गते शनिवार श्री रामवरण रजक को अध्यक्षतामा  नेपाल रजक सेवा समाजको प्रादेशिक केन्द्रीय तदर्थ समितिको बैठक सम्पन्न भएका छन।

विभिन्न जिल्ला बाट आएका समाजका जिल्ला अध्यक्ष,  पदाधिकारी तथा समाजसेवी बुद्धिजीवीहरुको सहभागितामा संस्थाको विधान मस्यौदा तथा  नीति नियम निर्माण प्रति बिशेष छलफल  र राहत सहयोग तथा बिगतमा भएका समाजको कार्यहरुको समीक्षा गरेका थिए ।

सामाजिक सुधारका अन्य विभिन्न विषय मा छलफल गर्दै विधान प्रति छलफल तथा सुझाव संकलन गर्नको लागि  प्रक्रियामा रहेका विधानको प्रतिलिपी आठ वटै जिल्लामा पठाएको छ। विधान प्रति को सुझाव संकलन गरेर आउदो श्रावण ३० गते पुन: बैठक बसि विधान तथा नीति नियमलाई पारित गर्दै संस्थाको दर्ता प्रक्रिया सम्पन्न गराइ कार्यालय समेतको व्यवस्था गरि समाजको कार्य संचालन गर्न प्रति विशेष छलफल गरि बैठक सम्पन्न भएको महासचिव नर्सिङ रजकले जानकारी दिएको हो।

समाज हाल नेपाल साउदी कतार दुबई मलेशिया भारत लगायत देशहरुमा  रजक समुदायका युवाहरु क्रियाशिल रहेका छन।सामाजिक सुधारको कार्य अन्तर्गत समाजको मुल उदेशय सामाजिक भेदभाव,सामाजिक कुप्रथा  सामाजिक बिकृती विसंगती, अशिक्षा तथा बेरोजगार जस्ता समस्या लाई न्यूनीकरण गर्नु र  विभिन्न किसिम का  सेवा र सहयोग गर्नु संस्थाको मुल उदेश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤