ताजा समाचार

आज जसपा आधिकारिकता विवादको टुंगो लाग्ने यादवले पाउने सम्भावना

  • साउन ११, २०७८
  • ६२३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिताबारे निर्वाचन आयोगले सोमबार आज फैसला दिने भएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा गठन भएको इजलासले दुवै पक्षका वकिलहरुको बहस सुन्दै आजको निम्ती हेड काउन्ट गर्ने आदेश सुनाएको थियो ।सोही आदेश अनुसार आज दुवै पक्षका कार्यकारिणी सदस्यहरु सशरीर निर्वाचन आयोगमा उपस्थित हुने भएका छन् ।आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् ।

यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खाना खाएर सिधै निर्वाचन आयोग लैजाने योजनामा यादव पक्ष रहेको जसपा स्रोतले जनाएको छ ।

‘कार्यकारिणी समितिका सदस्य वा सांसदहरू दायाँबायाँ नलागून् भन्ने उद्देश्यले नै रिसोर्टमा राखिएको र यहाँबाट सिधै निर्वाचन आयोगको कार्यालयमा लैजाने कार्यक्रम रहेको छ,’ यादव निकटका एक नेताले भने ।

फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ ।यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ ।

संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ । आफ्नो बहुमत नभएको कारण निर्वाचन आयोगको हेड काउन्टको निर्णय रोक्न माग गर्दै अध्यक्ष ठाकुरले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । तर आइतवारको इजलासले निर्वाचन आयोगको कामलाई रोक्न अन्तरिम आदेश दिन भने मानेको थिएन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤