ताजा समाचार

चर्चित उधोगीद्वारा करोडौंको लगानीमा अत्याधुनिक प्रविधिको उधोग संचालन

  • असार ७, २०७८
  • १६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ७, असार । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालीका वडा नम्बर - ४ मा मारुती प्रीकास्ट प्रा.लि. शाखाको आईतवार बिधिबत रुपमा शुभारम्भ भएको छ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर - ४ बस्ने कुशेश्वर महतोको १२ करोडको निजि लगानीमा उधोग संचालनमा आएको हो । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहा र सप्तरीमा पर्ने बलान नदिको पुर्व दक्षिण पट्टी उधोग संचालनमा आएको उधोगी महतोले बताए । उनले भने पुल, नहर, बाटो, उधोग , भवन , पर्खाल , बाध , राजमार्ग लगायतको निर्माणको कार्यमा यस कम्पनीबाट आम सेवाग्राहीले लाभ लिन सक्ने छ । अत्याधुनिक प्रविधीको मेसिनद्वारा तयार पारिएको कन्क्रीट्को प्रयोगले ग्राहकबर्गको समय , पैसा र कामदार संख्याको बचत हुने बताए । रेडीमिक्स कन्क्रीटको प्रयोगले लामो समय सम्म भवन , पुल लगायतका निर्माणाधीन संरचनाहरु टिक्न सक्ने उनले दावी गरे । संचालक महतो चर्चित उधोगी पनि हुन् । महतोको सिरहाको कर्जन्हा नगरपालिमा ह्युमपाईप र धनुषा जिल्लामा जनकपुर आरएमसि उधोग संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤