असार, ।वीरगंजमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले स्वयंलाई गोली हानेका छन् ।
उनी आफैले बोकेको एन १६ राइफलबाट आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। पर्साको पोखरिया नगरपालिका ५ सतवरियाका २२ वर्षे श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्रको पोस्टमा ड्युटीमा खटेको बेला गएराती साढे ८ बजे आफुलाई गोली हानेका हुन् ।
अचानक गोली पड्केको अवाज सुनेर अन्य सेनाका सिपाही गएर हेर्दा चौहानले चिउँडो मुनिबाट आँखाको मुनिबाट निसेकिने गरि गोली हानेका थिए।त्यसपछि उनलाई तुरुन्त नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरि नेसनल मेडिकल कलेज वीरगंजमा लगिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश कुवरले जनाए। घटना भएको केही बेरमा अस्पताल लगिएको छ, रक्त श्राव धेरै भएको छैन, मुख, दाँत र नाकमा घाउ छ, अवस्था गम्भीर नै छ, उनले भने।
उनले आफैलाई किन गोली हान्ने अवस्थामा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved