लहान : गोदाममा रहेको ३१ लाखको मदिरा घरधनीले चोरी गरेको आरोप

  • वैशाख २०, २०७८
  • १३९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० , बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर - ३ मा रहेको जय माता दि जेनरल स्टोरबाट लाखौको मदिरा चोरी भएको छ । लहान नगरपालिका वडा नम्बर - ३ बस्ने सुकदेव महतोको एउटा कोठा प्रती महिना २ हजारको दरले भाडामा लिई लाखौको मदिरा स्टोर गरेर राखेका संचालक जगन्नाथ झाको करिब ३१ लाखको विभिन्न ब्राण्डको मदिरा चोरी भएको पत्रकार सम्मेलन मार्फत पीडित झाले बताए । निरन्तर भाडा दिदै आईरहेको थिए कोविड- १९ को कारण विगत १ बर्ष देखि भाडा तिर्न बाकी थियो , ` म नभएको बेला मिति २०७८ बैशाख १० गतेका दिन लहान - ८ मा संचालन गरिरहेको ईलेक्ट्रोनिक्सको मेरो पसलमा आई मेरो स्टाफ देवचन्द्र यादवलाई भाडा नदिएको खण्डमा नराम्रो हुन्छ भन्दै घरधनी महतोले धम्की दिएका थिए । ´ त्त्त पश्चात् मैले बैशाख १५ गते म आफ्नो स्टाफलाई भाडा कति भयो घरधनी संग हरहिसाब गरेर भाडा बुझाई दिनु भन्दा घरधनी महतोले हिसाव गर्दिन भनेर टाल्दै आईरहेको पत्रकार सम्मेलनमा उनले बताए । निरन्तर भाडाको लागि दवाव दिदै आउनु भाडाको हरहिसाव गर्नु भन्दा नमान्नु शंकास्पद कुरा रहेको पिडित झाले सुनाए । घरधनी सुकदेव महतो र उनका छोरा धनेश्वर महतोले उक्त स्टोर गरि राखेका मालसामान चोरी गरेको झाको आरोप छ । प्रतिकार्टुन ४ हजार ८ सय पर्ने वाईन १ सय ४० कार्टुन , २५ कार्टुन ह्विस्की , भोडका , गिल म्यारी लगायतका ३१ लाखको मदिराजन्य पदार्थ चोरी भएको भन्दै उनले भने - `केही मदिरा उनिहरुले बेचेको र नबिकेको मदिरा बलान नदिमा फालेको र लहान - ८ डिहवार थान नजिकको कवाडी गोदाम बेचेको बताए । ´ कवाडी गोदाममा बैशाख १८ गते र बैशाख १९ गते बलान नदिमा प्रहरी प्रशासनकै आगाडी उक्त समान फेला परेको उनले बताए । मैले बुझदै जादा स १ त २५०२ नम्बरको ट्रायाकटर बाट उक्त समान ढुवानी गरेको पीडित झाको भनाई छ । केही समान बेच्यो र नबिकेको समान बलान नदिमा फालेको उनको कथन छ । मैले घरधनी महतोलाई तपाईले किन यस्तो गर्नुभयो ? भन्दा मलाई बाउ छोराले ज्यान मार्ने धम्की दिएको उनले सुनाए , तिमी धेरै बाठो नबन नत्र बोतल जस्तै तिमिलाई पनी टुक्राटुक्रा पारिदिने धम्की दिएको पीडितको भनाई छ । पिडित झाले पत्रकार सम्मेलन मार्फत न्यायका साथै क्षतिपूर्तिका लागि सम्बन्धित सरोकारवाला निकाय , प्रहरी प्रशासनलाई गुहार गरेका छन् । यता ईलाका प्रहरी कार्यालय लहानले घटनाको बिषयमा थप अनुसन्धान जारी राखेको बताए । त्यसैगरी घरधनी महतोले पनि पत्रकार सम्मेलन गरेर म जगन्नाथ झालाई घरभाडा नदिएको बताए । झालाई म चिन्दिन झाले मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको उनको कथन रहेको छ । म माथी लगाईएको सम्पुर्ण आरोप झुठो रहेको उनले दावी गरे । मैले कसैको मदिरा नचोरेको / नफालेको महतोको कथन छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१