लहान : गोदाममा रहेको ३१ लाखको मदिरा घरधनीले चोरी गरेको आरोप

  • बैशाख २०, २०७८
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० , बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर - ३ मा रहेको जय माता दि जेनरल स्टोरबाट लाखौको मदिरा चोरी भएको छ । लहान नगरपालिका वडा नम्बर - ३ बस्ने सुकदेव महतोको एउटा कोठा प्रती महिना २ हजारको दरले भाडामा लिई लाखौको मदिरा स्टोर गरेर राखेका संचालक जगन्नाथ झाको करिब ३१ लाखको विभिन्न ब्राण्डको मदिरा चोरी भएको पत्रकार सम्मेलन मार्फत पीडित झाले बताए । निरन्तर भाडा दिदै आईरहेको थिए कोविड- १९ को कारण विगत १ बर्ष देखि भाडा तिर्न बाकी थियो , ` म नभएको बेला मिति २०७८ बैशाख १० गतेका दिन लहान - ८ मा संचालन गरिरहेको ईलेक्ट्रोनिक्सको मेरो पसलमा आई मेरो स्टाफ देवचन्द्र यादवलाई भाडा नदिएको खण्डमा नराम्रो हुन्छ भन्दै घरधनी महतोले धम्की दिएका थिए । ´ त्त्त पश्चात् मैले बैशाख १५ गते म आफ्नो स्टाफलाई भाडा कति भयो घरधनी संग हरहिसाब गरेर भाडा बुझाई दिनु भन्दा घरधनी महतोले हिसाव गर्दिन भनेर टाल्दै आईरहेको पत्रकार सम्मेलनमा उनले बताए । निरन्तर भाडाको लागि दवाव दिदै आउनु भाडाको हरहिसाव गर्नु भन्दा नमान्नु शंकास्पद कुरा रहेको पिडित झाले सुनाए । घरधनी सुकदेव महतो र उनका छोरा धनेश्वर महतोले उक्त स्टोर गरि राखेका मालसामान चोरी गरेको झाको आरोप छ । प्रतिकार्टुन ४ हजार ८ सय पर्ने वाईन १ सय ४० कार्टुन , २५ कार्टुन ह्विस्की , भोडका , गिल म्यारी लगायतका ३१ लाखको मदिराजन्य पदार्थ चोरी भएको भन्दै उनले भने - `केही मदिरा उनिहरुले बेचेको र नबिकेको मदिरा बलान नदिमा फालेको र लहान - ८ डिहवार थान नजिकको कवाडी गोदाम बेचेको बताए । ´ कवाडी गोदाममा बैशाख १८ गते र बैशाख १९ गते बलान नदिमा प्रहरी प्रशासनकै आगाडी उक्त समान फेला परेको उनले बताए । मैले बुझदै जादा स १ त २५०२ नम्बरको ट्रायाकटर बाट उक्त समान ढुवानी गरेको पीडित झाको भनाई छ । केही समान बेच्यो र नबिकेको समान बलान नदिमा फालेको उनको कथन छ । मैले घरधनी महतोलाई तपाईले किन यस्तो गर्नुभयो ? भन्दा मलाई बाउ छोराले ज्यान मार्ने धम्की दिएको उनले सुनाए , तिमी धेरै बाठो नबन नत्र बोतल जस्तै तिमिलाई पनी टुक्राटुक्रा पारिदिने धम्की दिएको पीडितको भनाई छ । पिडित झाले पत्रकार सम्मेलन मार्फत न्यायका साथै क्षतिपूर्तिका लागि सम्बन्धित सरोकारवाला निकाय , प्रहरी प्रशासनलाई गुहार गरेका छन् । यता ईलाका प्रहरी कार्यालय लहानले घटनाको बिषयमा थप अनुसन्धान जारी राखेको बताए । त्यसैगरी घरधनी महतोले पनि पत्रकार सम्मेलन गरेर म जगन्नाथ झालाई घरभाडा नदिएको बताए । झालाई म चिन्दिन झाले मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको उनको कथन रहेको छ । म माथी लगाईएको सम्पुर्ण आरोप झुठो रहेको उनले दावी गरे । मैले कसैको मदिरा नचोरेको / नफालेको महतोको कथन छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१