ताजा समाचार

भारतमा एकैदिन चार लाखमा कोरोना सङ्क्रमण, ३ हजार ४ सय जनाको मुत्यु

  • वैशाख १८, २०७८
  • १३०० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ ।

यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना परीक्षणको संख्या तीव्र गतिमा बढाएको छ ।

गएको बिहीवार मात्रै १९ लाख २० हजार जनाको पीसीआर परीक्षण भएको खबरमा उल्लेख छ । यस्तै बुधवार साढे १७ लाखमा परीक्षण भएको थियो । भारतमा अहिलेसम्म २८ करोड ६४ लाख जनामा पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा रक्तदान अभ ...

आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तद ...

सिरहामा दशौँ राष्ट्र ...

ओम प्रकाश यादव, लहान कार्तिक १५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, ...

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤