ताजा समाचार

सिरहामा आगलगी परिवारलाई कपडा सहयोग , गापा अध्यक्ष साहद्वारा प्रतीपरिवार १० हजार सहयोग गर्ने प्रतिबद्धता

  • वैशाख १६, २०७८
  • १८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १६ , चैत्र । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर - २ पर्सा टोलमा बैशाख १० गते भएको भीषण आगलागीले पीडित बनेका ८ घर - परिवारका सम्पूर्ण सदस्यहरुलाई गाउँपालिकाले कपडा सहयोग गरेको छ । ८ घर - परिवारका ३४ जनालाई बुधबार गाउँपालिका अध्यक्ष रामबल्भ साहले कपडा सहयोग गरेको हो । साडी, धोती , जिन्स पाईन्ट , सर्ट, पाईन्ट लगायत सबै सदस्यको उमेरको आधारमा एक सेट विभिन्न खाले नयाँ कपडाहरु सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

आठ घर - परिवारलाई ८ वटा तन्ना सहित २१ वटा म्याट समेत सहयोग गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जानकारी दिनुभयो । आगलागीले लत्ताकपडा, घर सहित सम्पुर्ण धनमाल नष्ट भएको थियोे । यस अघि बैशाख ११ गते गाउँपालिकाले प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको थियो ।

सोही दिन वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो । पालिका अध्यक्ष रामबल्लभ साहले आगलागी बस्तीको स्थलगत अनुगमन गरी आगलागी पिडित ८ परिवारलाई प्रती परिवार १० हजारको दरले गाउँपालिकाबाट चेक दिने घोषणा गर्नुभएको छ ।

उनले सबै पीडित परिवारको घर निर्माणका लागि सरोकारवाला निकायहरु बिच पहल गरिरहेको बताए । पीडित परिवार र गाउँपालिकाले ८ परिवारको ६० लाखको क्षति भएको जनाउदै आएको भएपनि जिल्ला प्रशासन कार्यालय सिरहाले ६ घर - परिवारको २० लाख मात्र क्षति भएको जनाएको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाले १५ लाख ९० हजार मात्र क्षति भएको बताउदै आईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤