विसुन देव सरदार / लहान / बैशाख- ११ गते। सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका तीनकुने चौकमा हिजो शुक्रबार योङ्ग कम्युनिस्ट लिग नेपाल द्वारा भेला भई विशेष छलफल सम्पन्न गरेको हो । योङ्ग कम्युनिस्ट लिग नेपाल सखुवान्नकारकट्टी गाउँपालिका कमिटी सिरहा द्वारा उक्त बैठक आयोजित थियोे । बैठकमा प्रदेश र जिल्लाबाट व्यक्तिहरुको सहभागीता रहेको थियोे । बैठकमा निम्न महत्त्वपूर्ण विषयहरुमा चर्चा परिचर्चा गरिएको हो । जस्तो कि गाउँपालिकामा भइरहेको गतिविधि खोज खवर । विकास निर्माण खोज नीति । शिक्षा , स्वास्थ्य र कृषि सम्बन्धि विशेष खोज नीति , पुर्ण सरसफाइ अभियानको शुरुआत । यो सँगै लागु अौँषध नियन्त्रण अभियान , खेत र पेट निरोगी बनाउन माटो बचाउ अभियान , बाल बिबाह , दाइजो प्रथाको अन्त्य गर्ने । भ्रष्टाचारी बिरुद्ध आँधिबेरी ल्याउने जस्ता अति महत्त्वपूर्ण विषयमा शिघ्र योङ्ग कम्युनिस्ट लिग परिचालित हुनु पर्नेमा जोड दिइएको छ। कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको र सबैमा साकारात्मकता कार्यक्रम निहित रहेको रहमुल राइनले बताए ।

प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved