विसुन देव सरदार / बैशाख - ४ गते। सिरहा जिल्लाको सुखीपुर नगरपालिका -८ अपाङ्ग विकास केन्द्र कार्यको उपभोक्ता समिति गठन द्वारा आयोजनामा सिलाई कटाई तालिम सञ्चालन भएको छ। प्रदेश न. २ का प्रदेश सभा सदस्य माननीय नरेश यादव द्वारा उक्त सिलाई कटाई तालिमको समुदघाटन भएको सुखीपुर नगरपालिकाका नेपाली काङ्ग्रेस नेता तथा सुखीपुर नगर सुधार समितिका संयोजक वि . पि भुवन यादवले बताए । यो सँगै उक्त सिलाई कटाई तालिम २०७८ बैशाख ३ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म हुनेछ । दुई दिने सिलाई कटाई तालिम को सहयोग गर्ने माननीय प्रदेश सभा सदस्य नरेश यादवले गर्नु भएको हो ।

समाजमा महिलालाई आर्थिक उन्नति , प्रगति , बेरोजगारी अन्त्य हुने , घर परिवार चलाउन सजिलो हुने जस्ता उदेश्यले उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा अगुवा नेता कार्यकर्ता तथा उल्लेखनीय सहभागीता रहेको थियो भने उक्त सिलाई कटाई तालिममा करिब ४ दर्जन महिला युवतीहरूको सहभागिता थियोे ।

प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved