सिरहाको भगवानपुरमा बला सुन्दरी महोत्सव सुरु

  • वैशाख २, २०७८
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ बैशाख - सिरहाको सिमाबर्ति गाउँ पालिका भगवानपुरमा बाला सुन्दरी भगवती महोत्सव सुरु भएको छ । पौराणिक धार्मिक आस्था बोकेको बाला सुन्दरी भगवती ले लामो समय देखि उक्त ठाँउमा भाक्ल र निस्नतान दमपतिहरुले पुजा गर्ने गरेको हो।बाला सुन्दरी भगवती नेपालको शक्ति पिठ मध्ये एक हुन्।भगवती लाई दर्शन गर्न नेपाल लगायत छिमेकी मुलुक भारतका बिहार राज्यका ब्यक्तीहरु दसौंको बेला दर्शन गर्न भिड लाग्ने गरेको देखिन्छ । नेपाल र भारतको सिमा संग जोडीएको भएको ले निरन्तर भक्तजनहरुको भिड लाग्ने गरेको स्थानीय रमेन मंण्डल ले जानकारी दिनु भयो।गाउँपालिकाको अध्यक्ष बेच्न प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उद्योग पर्यटन वन तथा बाताबरण मंन्त्री सुरेश मंण्डल ले पानसमा बति बालेर महोत्सवको उदघाटन गरेका थिए ।

 

गाउँ पालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलीप कुमार यादवको बिशेष पहलमा महोत्सव कार्यक्रमको आयोजना भएको हो। बाला सुन्दरी भगवती सबैको धार्मिक आस्थाको दरवार भएको ले सबै हिन्दु धर्मावलम्बीहरुलाई आफ्नो धर्मप्रतिको आस्था अझै बलियो होस भने प्रमुख यादवको बुझाई छ । कोरोना भाईरसको मध्य नजर गरी सामाजिक दुरी कार्यम गरी माक्र्स र सेनिटाईजर वितरण र प्रयोगको ख्याल गरी उक्त कार्यक्रमको आयोजना गरेको हो । अतिथिहरुमा नेकपाको जिल्ला कमिटी सदस्य तथा युवा नेता उग्र नारायण यादव लगायतका विभिन्न पार्टीका पर्तिनिधीहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

नापी कार्यालयमा खुल ...

सिरहा १४ माघ । देशमा पार्दर्शिता, सुशासन, र भ्रष्टाचार विरुद्धको जेन्जी आन्दोलनमा ७० जेना भन्दा भढिक ...

मधेसीको पहिचान, स्वा ...

ओम प्रकाश यादव लहान माघ १४ । सिरहा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालका ...

७८ वर्षपछि पहिचानको ...

ओम प्रकाश यादव लहान माघ १४ । लामो समयको पीडादायी प्रतीक्षापछि आज एक मानवीय न्याय स्थापित भएको छ। ७८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१