ताजा समाचार

सहयोगी हातहरु द्धारा सरसफाई

  • चैत २०, २०७७
  • २१७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० , चैत्र । “स्वस्थ्य जीवन र वातावरण सन्तुलनका लागि सरसफाई ” भन्ने मुल नारा सहित सिरहाको लहान नगरपालिका वडा नंम्बर –१५ ढोडनामा शुक्रवार सरसफाई कार्यक्रमको आयोजना भएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर– ११ मा रहेको विकासका लागि सहयोगीहातहरु नामक सामाजिक संस्थाद्धारा सो ठाउँमा अवस्थित राजदेवी पञ्चावती मन्दिरको कामपाउण्ड भित्र सरसफाई गरिएको आयोजक संस्थाका अध्यक्ष महेश सेन्चुरीले जानकारी दिनुभएको छ । संस्थाका अध्यक्ष महेश सेन्चुरीको ब्यक्तिगत लगानीमा उक्त कार्यक्रम गरिएको थियो । करिब ४० जना सामाजिक अभियानताहरुको सहभागीता रहेको कार्यक्रममा निःशुल्क मास्क , ग्लोब्स समेत बितरण गरिएको संस्थाका सल्लाहकार राजकुमार बिश्वकर्माले बताए ।

हिन्दु धर्मालम्बीको आस्थाको रुपमा राष्ट्रिय ताथा अन्तराष्ट्रिय जगतमा परिचित राजदेबी मन्दिरमा प्रत्येक हप्ता शनिवारका दिन भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ । भोली शनिवारका दिन भक्तजनहरुको भिडभाड हुने भएकोले आजै शुक्रवारका दिन सरसफाई गरिएको अध्यक्ष सेन्चुरीले बताए । संस्थाको ब्यक्तिगत खर्चमा मन्दिरको कम्पाउण्ड बाहिर र भित्र सरसफाई गरेको कारण मन्दिर ब्यबस्थापन समिति अध्यक्ष माङ्गैन चौधरी खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤