Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकामा संगीतमय श्रीराम कथा महोत्सव एवंम श्रीसीताराम नाम महायज्ञ हुने

  • चैत २, २०७७
  • १६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर - पतारी , चैत्र २ गते सोमबार । श्री गणेशाय नम: संगीतमय श्रीराम कथा महोत्सव एंवम अखण्ड श्री श्री १००८ श्री सीताराम नाम महायज्ञ हुने भएको छ। यहि आउँदो चैत्र ६ गते देखी चैत्र १४ गते दिनांक ( 19-03-2021 देखि 27-03-2021 ) सम्म उक्त यज्ञ हुने यज्ञ आयोजक कमिटीले जानकारी गराएका छन। अखिल कोटी ब्रह्माण्ड नामक श्रीसीताराम जीको असिम कृपाले श्री सीताराम नाम महायज्ञ नवाह पुज्य महाराज श्रीको साधनामा गर्ने सुनिश्चित भएको छ।

अत: सम्पूर्ण धर्मप्रेमी बन्धुहरुलाई महायज्ञमा सामेल भई महायज्ञको शोभा बढाईदिन महायज्ञ महोत्सव समिति हार्दिक अनुरोध समेत गरेका छन। नवराजपुर गाउँपालिका वडा न. ३ फुलबरिया सम्पूर्ण गाउँवासीको आयोजनामा उक्त महोत्सव हुनेछ भने श्री डिहवार बाबाको प्राङ्गणमा यज्ञ आयोजना गरिएको आयोजक कमिटीले बताए । २०७७ चैत्र ६ गते बिहान ८:०० बजे देखी ११:०० बजेसम्म महायज्ञ प्रारम्भ एवंम कलश यात्रा रहने कार्यक्रम छ। कथा प्रवक्ता आचार्य अनिल कृष्ण जी महाराज श्रीधाम वृन्दावन द्वारा हुनेछ ।साथै श्रीराम कथा साँझ ३ बजे देखी साँझ ७ बजेसम्म हुनेछ । उक्त यज्ञ समाप्त एवंम भण्डारा चैत्र १४ गते ६ बजेतिर हुने समितिले बताए मानव जीवन धन्य हेतु यज्ञमा सामेल भई जीवनधन्य बनाउन अनिल कृष्ण जी महाराजले आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१