ताजा समाचार

वरियारपट्टी गाउँपालिका श्री सीताराम महाविष्णु यज्ञको तयारीमा

  • फागुन २८, २०७७
  • १९७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक लहान / फाल्गुन २८ गते शुक्रबार । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिका वडा नम्बर १ नरगी चौकीमा २०७७ चैत्र ५ गतेबाट वरियारपट्टी गाउँपालिका श्री सीताराम महाविष्णु यज्ञको तयारीमा छ। उक्त महायज्ञ २०७७ चैत्र ४ गते विहान ७ बजेदेखी विहान ११ बजे कलश यात्रा र विभिन्न झाँक्री सहितको कलश यात्रा हुनेछ । स्थानीयको आयोजनामा महायज्ञ हिन्दु धर्म प्रचार एवंम विश्व शान्तिको लागि हुनेछ । यज्ञमा वरियारपट्टी गाउँपालिकाको ५ लाख सहयोग भएको छ साथै स्थानीयहरुको चन्दाको सहयोगमा उक्त यज्ञ हुन लागेको हो।

स्नातन विधि सहित १५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी उक्त यज्ञ सम्पन्न हुनेछ । राष्ट्रलाई सक्षम समर्थ एवं समृद्धि बनाउन समेत उक्त यज्ञ मनाउन लागिएको हो। नेपालसहित छिमेकी मुलुक भारत बाट पनि यज्ञमा श्रद्धालुहरुको उपस्थिति हुने , विभिन्न देवी देवताका १११ माटाका मुर्ति रहनेछ । यो सँगै यज्ञका आकर्षणका लागि राम झुला , रासलिला , रामलिला , साङगितिक तथा साँस्कृतिक कार्यक्रम रहनेछ । यज्ञ आयोजक समितिका अध्यक्ष रामबाबु साहले आज भने यज्ञको समुद्घघाटन प्रदेश न. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤