ताजा समाचार

एनआरएनए कतारद्वारा खुट्टा गुमाएका एक जना श्रमिकलाई ह्वीलचियर प्रदान

  • फागुन १८, २०७७
  • १५३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम, दोहा कतार- वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा सडक दुर्घटनामा एउटा खुट्टा गुमाएका नेपाली कामदार छबिलाल बुढालाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हिजो ह्वीलचियर प्रदान गरेको छ । लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त ह्वीलचियर उपलब्ध गराएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सहयोग प्रदान गर्ने कतार रेडक्रिसेन्ट प्रति धन्यवाद र आभार व्यक्त गर्दै थप अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्य पनि सम्पन्न हुने बताए । संघ अध्यक्ष मुसलमानले बुढा जस्ता समस्यामा रहेका अन्य नेपालीले पनि गैर आवासीय नेपाली संघ कतारलाई सम्पर्क गरी सहयोग प्राप्त गर्न सक्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤