ताजा समाचार

एनआरएनए कतारद्वारा खुट्टा गुमाएका एक जना श्रमिकलाई ह्वीलचियर प्रदान

  • फागुन १८, २०७७
  • १४९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम, दोहा कतार- वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा सडक दुर्घटनामा एउटा खुट्टा गुमाएका नेपाली कामदार छबिलाल बुढालाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हिजो ह्वीलचियर प्रदान गरेको छ । लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त ह्वीलचियर उपलब्ध गराएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सहयोग प्रदान गर्ने कतार रेडक्रिसेन्ट प्रति धन्यवाद र आभार व्यक्त गर्दै थप अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्य पनि सम्पन्न हुने बताए । संघ अध्यक्ष मुसलमानले बुढा जस्ता समस्यामा रहेका अन्य नेपालीले पनि गैर आवासीय नेपाली संघ कतारलाई सम्पर्क गरी सहयोग प्राप्त गर्न सक्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤