Siraha Times
ताजा समाचार

आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

  • फागुन ८, २०७७
  • ५७० पटक पढिएको
  • रामएकवाल राम
alt

मोरङ- नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

 
विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए ।

आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ । केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् ।

विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्‍याली निसक्नेछन् । र्‍याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने उनले जनाए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।

दाहाल-नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

साझेदारी वन संरक्षणम ...

वीरगंज २४ साउन। सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१