आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

  • फागुन ८, २०७७
  • ४४७ पटक पढिएको
  • रामएकवाल राम
alt

मोरङ- नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

 
विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए ।

आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ । केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् ।

विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्‍याली निसक्नेछन् । र्‍याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने उनले जनाए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।

दाहाल-नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१