Siraha Times
ताजा समाचार

भारतमा पहिलो पटक महिलालाई मृत्युदण्ड दिने

  • फागुन ६, २०७७
  • ९४० पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी-भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जेलमा फाँसी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृत्युदण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँसी दिने तयारी भएको हो । यद्यपि जेल प्रशासनले भने ती महिलालाई मृत्युदण्ड दिन लागिएको हो भनेर प्रस्ट रुपमा भनिसकेको छैन । तर मथुरा जेलमा महिलालाई फाँसी दिने व्यवस्था छ ।

शबनम नाम गरेकी एक महिलाले मृत्युदण्डको सजाय पाएकी छन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वीकार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृत्युदण्ड दिने बाटो खुलेको छ । त्यसैले मथुरा जेलमा फाँसी घर मर्मत भएको विषयलाई शबनमसँगै जोडेर हेर्न थालिएको हो ।

जेल स्रोतका अनुसार अमरोहा निवासी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्ममतापूर्वक हत्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।

उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि दुवै मिलेर शबनमको परिवारकै हत्या गर्ने योजना बनाइएको थियो । उक्त योजनाअनुसार पहिला परिवारका सबै सदस्यलाई बेहोसीको औषधि खुवाइएको थियो । बेहोस भएको मौका छोपी सबैलाई बञ्चरो प्रहार गरी हत्या गरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

साझेदारी वन संरक्षणम ...

वीरगंज २४ साउन। सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध् ...

परियार मित्रता समाज ...

आशिक हुसैन शेख दोहा, कतार साउन २४ । परियार मित्रता समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा ...

मल अभावले किसान आक्र ...

रहमुल,लहान, २४ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ मिर्जापुर चौकमा मलखाद वितरणको विषय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१