ताजा समाचार

भागरथी भट्टको हत्या आरोपी सार्वजनिक

  • फागुन ५, २०७७
  • ७२६ पटक पढिएको
  • रामएकवाल राम
alt

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हत्या गरिएकी भागरथीको हत्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आरोपी भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सनातन माविकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । 

घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइलगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

यसैबीच भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले किटानी जाहेरी दिनुभएको छ । शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्टविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤