Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारको भेटघाट तथा विदाई समारोह कार्यक्रम सप्पन्न

  • फागुन २, २०७७
  • २८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा ( कतार)फाल्गुन ०२ । रविदास समाज सेवा कतार ग्रुपको भेटघाट तथा विदाई समारोह एक कार्यक्रम गरि सप्पन्न गरेका छन। कतार ग्रुपको सल्लाहकार दिपेन्द्र कुमार महरा ज्यूले केही दिनको लागि कर्म भुमी छोडेर बिदामा जन्म भुमि जान लागेकोमा गत शुक्रबार संस्थाको तर्फबाट सम्मान सहित बिदाई गरेको छ।

No description available.

सो कार्यक्रममा अध्यक्ष पाण्डव महराले सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक बिकृती, दाइजो प्रथा महिला हिंसा छुवाछूत तथा अशिक्षा न्युनिकरण गर्न अब हामी पछि नहटने बताउनु भयो। संस्थाको सचीव श्री नारायण महराले समाज उत्थान को लागि शिक्षा को महत्वपुर्ण भुमिका रहेकोले शिक्षा लाई ग्राहायता दिदै प्रवासमा रहेका महरा समुदायलाई एकीकृत गर्नु पर्नेमा जोड दिनु भयो ।

No description available.

शिक्षा जीवन को मुल उदेश्य भएकोले छोरा होस या छोरी सम्मान पुर्वक शिक्षा दिनुपर्छ भन्ने जनसमुदाय लाई प्रवासवाट ध्यान आकर्षण गराएका थिए। दाइजो लिनु र दिनु , महिला हिंसा , बालबिवाह जस्ता बिषयहरु सामाजिक अपराध भएकोले यस्ता सामाजिक कुप्रथा अन्त्य गर्न समाज लाई ध्यान आकर्षण गराएको थियो। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको कार्यक्रममा संस्थाको कोषाध्यक्ष लक्ष्मी राम सह सचीव रामउदगार राम लगाएत २१ जना भन्दा बढिको उपस्थीति रहेको अन्त्यमा शिक्षित समाज हाम्रो पहिचान नाराको साथ कार्यक्रम सम्पन्न गरेको संस्थाका प्रवक्ता विजय महराले जानकारी दिए ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

विपद् राहतका लागि ने ...

लाहान असोज ९ । नेपाल माहेश्वरी परिषद्ले विपद् प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग ...

खडक नगरपालिकामा ज्ये ...

ओम प्रकाश यादव लहान, असोज ९ । खडक नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिकका अधिकार, स्वास्थ्य, सामा ...

निःशुल्क मोतियाबिन्द ...

रहमुल, लहान, ९ असोज । सप्तरीको खडक नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤