ताजा समाचार

अख्तियार छापाको असर,जनकपुर यातायातमा लाइसेन्सको परीक्षा स्थगित

  • माघ १५, २०७७
  • १४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १५ गते । जनकपुरस्थिथत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ । मंगलवार कार्यालयमा अख्तियारको टोलीले छापा माररे घुस रकमसहित कार्यालय सहयोगी र एक दलाललाई पक्राउ गरेपछि लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।

कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरू स्थगित गरिएको जनाएका छन् । कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले कार्यालयमा छापा माररे घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई मंगलवार साँझ पक्राउ गरेको थियो ।

दलालबाट कार्यालय सहयोगीलाई रकम लिन लगाएका कार्यालयका छैठौं तहका कर्मचारी अनिल गिरी भने फरार भएका छन्। उनी बुधवार कार्यालय समेत आएनन् । कार्यालय सहयोगीबाट २ लाख २३ हजार ८२० रुपैयाँ र दलाल भगत ५० हजार रुपैयाँ अख्तियारको टोलीले बरामद गरी उनी दुबै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बर्दिबास कार्यालयको हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤