ताजा समाचार

सिरहाको लहानमा चिसो छलन बिपन्न बस्तीमा कम्बल वितरण

स्थानीय निकाय मौन भएको बेला मस जोडीको वृद्धवृद्धा लाई कम्बल उपहार

  • माघ १४, २०७७
  • ७९३ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान १४ माघ । सिरहाको लहान नगरपालीका १३ स्थित बिपन्न बस्तीमा महेश चौधरी र संगीता कर्माचार्य की जोडीले कम्बल बाँडेका हुन । चिसोले मजदुर, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन् ।

बाक्लो हुस्सु र पश्चिमी चिसो वायूका कारण बिगत केहि दिन देखि मधेसमा जनजीवन प्रभावित छन। उक्त वडामा गरीब, दलित, बिपन्न तथा एकल महिलाहरु लाई चिसो बाट बच्न को लागी म.स. जोड़ी द्वारा ६० जना लाई कम्बल बितरण गरिएको स्थानीय श्री राम राउत र अनिता राउतले जानकारी दिनु भयो ।

दैनिक ज्याला ,मजदुरी गर्ने वृद्धवृद्धा ,युवा युबति र बालबालिका बढी समस्यामा परेका छन्। बाक्लो हुस्सु र चिसोका कारण काममा जान सकेका छैनन् भने विपन्न समुदायलाई मुस्किल भएको छ। अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला मस जोडी महेश चौधरी र संगीता कर्माचार्य ले ६० जनालाई न्यानो कम्बल बाँडन जादा स्थानीयले नेता चौधरी र कर्माचार्य लाई स्वागत गरेका थिए।

नेता चौधरी र कर्माचार्यका अनुसार माननीय सांसद प्रदीप गिरी र एपोलो ओम बोर्डिङ स्कुलद्वारा दिईएको आर्थिक सहयोगले राहत स्वरुप कम्बल बितरण गरिएको उनले बताए । स्थानीय निकाय मौन भएको बेला मस जोडीको यस अभियानले चौतर्फी रुपमा चर्चा बटुलेको छ । पछिल्लो समय गरेको कामहरु जग्जाहेर नै रहेको स्थानीय हरुले बताए हुन् । बुधबार सिरहाको खप्टे डाडामा कम्बल वितरण गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए ।

mahesh

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤