ताजा समाचार

प्रथम उपाधी गौरीपुरलाई माडरमा मेयर गोल्डकप गरिने नगरप्रमुख यादव

  • माघ ८, २०७७
  • १३७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,८ माघ । सिरहा नगरपालिकाको माडरस्थित ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालयको प्राङणमा न्यू नेपाल फेन्र्स क्लब माडरले संचालन गरेको फुटवल प्रतियोगीतामा आयोजकलाई पराजित गर्दै विष्णुपुरस्थितका प्रगतिशिल युव क्लब गौरीपुरले प्रथम उपाथि पाउन सफल भएको छ । बरावरमा टुङ्गिएको खेल अवधि पछि टाइब्रेकरमा प्रगतिशिलले ३ को विरुद्ध ४ गोल गर्दै प्रथम उपाथि पाउन सफल आयोजक क्लबका अध्यक्ष संजय कुमार यादवले बताए । दोश्रो पुरस्कार आयोजकले पाएको उनले जनाए । विजेता र उपविजेता क्लबका खेलाडीहरुलाई मेडल समेत प्रदान गरिएको उनले थपे ।

प्रथम पुरस्कार वितरण गर्दै सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले आउदो फागुन महिनामा माडरकै खेल मैदानमा मेयर गोल्डकम संचालन गरिने बताए । युवाहरुको उत्साहलाई थप उर्जा प्रदान गर्ने अभिप्रायका साथ मेयर गोल्डकप संचालन गरिने उनको दाबी छ । ‘फुटवल खेलले व्यक्तिको पहिचान थोरै समयमा फराकिलो बनाउने,’मेयर यादवले भने,‘स्वास्थ्य र पहिचानका लागि खेल खेल्नुपर्ने हुन्छ ।’ खेल प्रतिभाले पछि परेका व्यक्तिलाई पनि अन्तराष्ट्रिय पहिचान र आर्थिक रुपमाले सवल बनाउने काम गरेको धेरै घटनाक्रम साथी रहेको उनले बताए । कुलत तथा व्यर्थको समयमा बर्वाद गर्नुभन्दा खेल क्षेत्रमा लाग्न उनले युवा वर्गसँग आग्रह गरे । आयोजक क्लबका अध्यक्ष संजयको अध्यक्षतामा भएको फाइनल खेलको पुरस्कार वितरण समारोहमा दोश्रो पुरस्कार रामशोभित यादवले वितरण गरेको थियो भने जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. २ को कमिटिका कोषाध्यक्ष रेणु यादव, सिरहा नगरपालिका १५ नं.वडाका वडाध्यक्ष धनिकलाल यादव, समाजसेवी सन्तोष अग्रवाल लगायतले फुटवल खेलको महत्व र यसमा युवाको सहभागीताबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤