ताजा समाचार

सुखीपुरको शिव चौकमा प्रहरी पोष्ट स्थापना

  • माघ ६, २०७७
  • ६२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख उमा शंकर पजियारको प्रमुख आतिथ्य र सुखीपुर नगरपालिकाको मेयर राम औतार यादवको अध्यक्षतामा अस्थाई प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पजियारले भवन बनेको वर्षौ भयो । प्रक्रिया मिलाउन समय लागेकोले ढिलै भए पनि आज आफूले दिएको वचन पुरा गर्न पाउँदा खुशि भएको छु ।अस्थाई प्रहरी पोष्ट बनाउन स्थानीयहरुको एकदमै ठुलो सहयोग रहेकोले प्रहरी साथीहरुले पनि साथी जस्तो ब्यवहार गरेर जनताको सुरक्षा दिन हरदम तयार रहन समेत वहाँले आग्रह गर्नुभयो ।

Image may contain: 4 people, people standing, people on stage and outdoor

आज खुशिको दिन हो । मैले भवनको बजेट विनियोजन गरेको बेला देखेको सपना पुरा भयो । आफैले छुट्याएको वजेट र स्थानीयको सहयोगले बनेको भवन बनेपछि धेरै प्रयास गरे तर समयमा स्थापना गराउन सकेनौ । अहिले कानुन मन्त्री हाम्रै जिल्लावासी लिलानाथ श्रेष्ठ रहेको वहाँको प्रयासले तत्काल स्थापना हुन सफल भएको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताउनुभयो ।

Image may contain: 9 people, people standing, people on stage and outdoor

यस भेगका मानिसहरुलाई सुरक्षा प्रत्याभुती होस् । अहिले गाउँघरमा केही युवाहरुलाई नाशाको लत परेकोले पोष्ट स्थापना भएपछि त्यस्ता युवाहरुको कमी आउने छन् । सुरक्षा दिनमा कुनै कमीकमजोरी हुन नदिई प्रहरीलाई वहाँले आग्रह गर्नुभयो ।
स्थापना कार्यक्रममा प्रहरी पोष्ट भवनका लागि जग्गादान दिने जग्गादाता राम कुमारी महतो, रामवृक्ष महतो, सुर्यनाथ साह र दर्पी मोचीलाई दौशला र मलाले प्रमुख अतिथी पजियार र नगर प्रमुख यादवले सम्मान गर्नुभएको छ ।

प्रहरी पोष्ट स्थापना भएपछि सुखीपुर नगरपालिका वडा नम्बर १०,७, ६ धनगढीमाई नगरपालिका वडा नम्बर ५, ६ र गोलबजार नगरपालिका वडा नम्बर १३ का वासीहरुले बढी लम्भावित हुने भएको यस क्षेत्रका स्थानीयवासीहरु खुशि भएका छन् । प्रहरी सहायक निरीक्षक प्रदीप कुमार यादवको नेतुत्वमा ८ जना प्रहरी जवानहरु रहने छन् । कार्यक्रममा स्वागत मनत्वय सुखीपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्द्र महतो र उदघोषण ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायब निरीक्षक राम कुमार यादव र भवन उपभोक्ता समितिका अध्यक्ष राम अशिष महतोले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤