भाडामा लिएबापतको रकम नबुझाएका कारण पीआईए एयरलाइन्स मलेसिया गर्यो कब्जा

  • माघ ३, २०७७
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ ३ मलेसियाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई कब्जा गरेको छ | मलेसियाको अदालतको आदेशअनुसार क्वालालम्पुर विमानस्थलमा उक्त विमान  कब्जामा लिइएको अधिकारीहरुले बताएका छन् | पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् | पीआईएले सन् २०१५ मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो |

पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई मलेसिया प्रशासनले कब्जामा लिएको जनाइएको छ | विमान क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि तयारी अवस्थामा रहेपनि  मलेसिया प्रशासनले उक्त विमानलाई उडान अनुमति नदिएको हो | विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बसेका छन् | कोरोना मापदण्ड अनुसार ति सदस्यहरुले पनि क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ | पीआईएले मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको आधारमा यो कारवाही गरिएको बताएको छ | पीआईएले पाकिस्तान सरकारलाई यसबारे जानकारी गराइएको र कुटनीतिक स्तरमा कुरा उठाउन भनिएको बताएको छ |एजेन्सी

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१