लहान, २९ पुस । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वनकै जग्गामा पक्की घर निर्माणको शिलान्यास गरेका छन् । यसअघि १४ बर्षीया बालिकालाई लाखौं रकम दिएर वालविवाह गराइदिएको काण्ड समाप्त नहुँदै राज्यमन्त्री मण्डलले वनकै जग्गामा जनता आवास अन्तरगतको पक्की घर निर्माण गराउँन थालेपछि स्थानीय आक्रोशित छन् । सिरहाको नरहा ३ स्थित रहेको जोभा प्राकृतिक सामुदायिक वनको करिब चार कठ्ठा जग्गा कब्जा गरी जनता आवासको पक्की घर विना नक्शाकै निर्माण गर्न पुस १५ गते राज्यमन्त्री मण्डलले शिलान्यास गरेका हुन । जहाँ वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउँने त्यस्ता व्यक्तिलाई ५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको छ ।
वनको जग्गामा घर बनाउँने तथा बनाउँन लगाउँने मन्त्री होस तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउँन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने कानुन व्यवसायी गुमस्ता यादवले बताए । जोभा प्राकृतिक सामुदायिक वन नरहा ३ सिरहाका अध्यक्ष हरि यादवले यो वनक्षेत्रमा पक्की घर निर्माणको लागि राज्यमन्त्री सुरेश मण्डलले स्थानीय केही व्यक्तिलाई प्रोत्साहन गरिएको हो । यसलाई रोक्न प्रदेश २ सरकारमा डेलिगेशन गए । अहिलेसम्म ठोस प्रतिक्रिया आएको छैन अध्यक्ष यादवले बताए । यसवारे डिभिजन वन कार्यालय लहान सिरहाले मौनता साधेको छ भने वन अधिकृत सम्पर्कमा आउँन चाहदैनन् । वन अधिकृतिलाई पटक पटक सम्पर्क गरे उहाँ फोन उठाउँनु भएन ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved