ताजा समाचार

नेपाली कङ्रेसका महिला नेर्ती अन्जु झाले छोराको जन्म दिनमा गरिब जनतालाई न्यानो कपडा बाडे

  • पुस २८, २०७७
  • १६८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

२७ पुस, रौतहट । नेपाली कांग्रेसका प्रभावशाली एंव समाज सेवी महिला नेत्री श्रीमती अंजु झा को कान्छो सुपुत्रको जन्म दिनको शुभ अवसरमा ईशनाथ नगरपालिका वासीलाई न्यानो राहत वितरण गरिएको थियो । ईशनाथ नगरपालिका वार्ड नं.९ डुमरिया र गौरमा कम्बल र तोसक न्यानो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो । गौरको ठुलो बजारको प्राथमिक विधयालयमा आयोजित वितरण कार्यक्रममा ईशनाथ न.पा कै ६५ जना गरिब र बिपन परिवारलाई १ थान कम्बल र १ थान डस्ना बितरण गरिएको थियो । त्यसै गरि ईशनाथमा भएको कार्यक्रममा ४२ जना गरिब र बिपन परिवारलाई न्यानो कम्बल र तोसक वितरण गरिएको थियो । गौरको वितरण कार्यक्रम त्यसपछि आजै ईशनाथ नगरपालिका ९ डुमरियामा समेत वितरण कार्यक्रम आयोजित गरिएको थियो । श्रीमती अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजसेवी कार्यकम्र गर्दै आएका हुन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ अंजु झा भन्नु भो । अंजु झाको सुपुत्र मिसल झाको जन्मदिनको अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤