ताजा समाचार

मेयर कप टी २० क्रिकेट शुरु

  • पुस १७, २०७७
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान बिहुल प्रिमियर लिंग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता बुधबार दखि शुरु भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिधारा, आत्म निर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ शुरु भएको खेलमा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले रीबन काटी खेलको उदघाटन गर्नु भएको थियो ।

उदघाटन खेल मौवाहा सप्तरी भरसेस सिरहाको कल्याणपुर बिच खेल भएको थियो । टस जितेर पहिलाो व्याटिंग रोजेको मौवाहा शुरुमा निकै नै कमजोर देखिएको थियो । बेल्हीको बलान स्टेडियममा शुरु भएको खेलमा जम्मा १६ वटा टिम सहभागी रहने बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख अतिथिमा खेल शुरुवात भएको थियो । शुरुवाती क्रममा बोल्दै गोईत भने खेलकुद एउटा समाजको प्रगति हो, खेलाडीहरुको प्रतिभा पहिचान गराउन एउटा छोटे प्रयास हो । यसै प्रयासबाट देशको पहिचान गराउन सकिन्छ, राष्ट्रको पहिचान गराउन सकिन्छ । खेलकुद युवाहरु माथी गर्व गर्ने कुरा पनि हो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤