ताजा समाचार

जनकपुरमा राम र जानकीको स्वयम्बर सम्पन्न

  • पुस ४, २०७७
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जनकपुरको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा भगवान राम र सीताको स्वयम्बर भएको छ । डोलाफेर गरी आज त्रेता युगमा जस्तै जनकपुरमा राम र सीताको स्वयम्बर भएको हो । राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाकी किर्तन, बाजागाजासहित निस्केर बाह्रविघाम मैदानमा पुगेपछि डोला फेर गरी स्वयम्बर हुने गर्दछ । बाह्रविघाम मैदानमा डोला फेर गरी भएको रामसीताको स्वयम्बर हेर्न हजरौंको संख्यामा यसवर्ष पनि श्रद्धालुभक्तजनहरुको घुइँचो लागेको थियो । बाह्रविघामा स्वयम्बर पश्चात निस्केको दुबै डोल जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेको छ । साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको विवाहको काज सुरु हुने छ । त्यहाँ हजारौं श्रद्धालुहरु रातभर जग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् । मिथिालको वैदिक परम्परा अनुसार विवाह गरिन्छ । जहाँ सुमधुर गीतसंगीत झाँकी र मिथिलाको गाली गीत जन्तीलाई सुनाएर मजाक गर्ने तथा रमाउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤