Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमा प्रथम वडा अध्यक्ष फुटबल कप शुरु

  • पुस १, २०७७
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ पुष । सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा संचालित भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ एक कार्यक्रम बिच सम उदघाटन कार्यक्रम भएको छ । बाखरमा नयाँ बजार व्यवस्थापन गर्ने उद्देश्य र स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकद नारा सहित शुरु भएको खेलमा १६ वटा टिमले भाग लिएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले बताए । धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको उक्त खेलकुद प्रत्येक बजारको दिन अर्थात प्रत्येक सोमबार र विहिबारको दिन खेल खेलाईने बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।

भाग लिएका १६ टिम मध्ये प्रथम टिमलाई नगद रु १५ हजार कप र प्रमाण पत्र र दोस्रो हुने टिमलाई नगद रु ११ हजार कप र प्रमाण पत्र साथै प्रत्येक दिन हुने खेलमा उत्कृष्ट हुने खेलाडीलाई एभरेष्ट कलेज लहानको तर्फबाट उचित पुरस्कारको व्यवस्था गरिने कलेजका सह लेखापाल ललित कुमार महतोलाई उद्रिद गर्दै वडा अध्यक्ष महतोले बताए । कार्यक्रमको बिशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई,जिल्ला खेलकुद सिरहा प्रदेश २ का ग्रास रुट खेलका प्रमुख प्रशिक्षक श्याम सुन्दर सिंह अतिथिहरुमा बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादव,वडा सचिव जानुका ढुंगाना लगायतका अतिथिहरुको उपस्थित रहको थियो । नगर प्रमुख चौधरीद्धरा बल प्रहार गरी फुटबल खेल उदघाटन गरेको थियो । धनगढीमाई नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुर्य नारायण महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१