ताजा समाचार

अस्पतालको चरम लापरबाहीले सिरहामा एक सुत्केरी महिला को मृत्यु

  • मंसिर ७, २०७७
  • ९५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाईम्स लहान मंसिर ७ गते। सिरहाको लहान -३ स्थित डिभाईन हेल्थ केयर अस्पतालको चरम लापरबाहीका कारण एक जना सुत्केरी महिला को मृत्यु भएको छ।
सिरहाको सुखिपुर नगरपालिका -९ बैशखा का प्रमोद साह को २७ बर्शिय श्रीमती आरती साहको शनिबार राति शल्यक्रिया गर्दा मृत्यु भएको प्रहरी ले बताइएको छ ।
पारिवारिक स्रोतअनुसार शल्यक्रिया मा डाक्टरको लपरबाही ले आरती को मृत्यु भएको बताइएको छ।
उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो।राति शल्यक्रिया गर्दा मृत्यु भएको छ ।
शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई अहिले अर्को अस्पतालमा सारिएको बताइएको छ।
अस्पतालमा भर्ना भएको बेला आरती तन्दुरुस्त रहेको परिवारिक स्रोतले जनाएको छ।शल्यक्रिया पछि मृत्यु भएको खबर मृतकका आफन्तहरु आक्रोशित भइ रातीदेखि नै प्रदर्शनमा उत्रेका छ्न।

F4206F20-6AE8-4CB2-95F0-384F66CC1F30
उनीहरु अस्पतालमा तोडफोड गर्नाका साथै दोषी डाक्टर माथी कडा कार्यवाहीका माग गर्दै अस्पताल को अगाडि
धर्ना दिएका छन। मृतकका आफन्तहरु डिभाईन अस्पताल मौतको कुँवा भन्दै प्रदर्शन गरेका छन।
सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी तैनाथ गरेका छ्न।
अप्रेसन मा सामेल भएका सबै डाक्टर अहिले फरार रहेका छ्न।
ईलाका प्रहरी कार्यालय लाहानका ईन्चार्ज डिएसपी शरत थापाको अनुसार सिरहाका प्र मुख जिल्ला अधिकारी प्रदीप राज कनेलद्वारा घटना सम्बन्धि एक छानबिन समिति गठन गरेको बताएका छ्न। वहाँ ले पीडितको जाहेरीको आधार मा कार्यवाही प्रक्रिया अगाडि बढाउने बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤