सिरहामा फुटवल खेलकुद प्रतियोगिता सम्पन्न , अमही टिम २१ हजार जिते ।

  • मंसिर ४, २०७७
  • ८९४ पटक पढिएको
  • रामएकवाल राम
alt

संजय विश्वकर्मा लहान ४, मंसिर । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ मा कार्तिक २५ गते देखि सुरु भएको फुटवल खेलकुद प्रतियोगिता हिजो विधिवत रुपमा सम्पन्न भएको छ । मंगलवार भएको फाईनल खेलमा पकाडियागढ युवा फुटवल टिम लहान नगरपालिका - १८ अमही दुई गोलले विजय भएको छ ।
वलान युवा फुटवल टिम सखुवान्नकारकाट्टी - ४ सिमराहा र अमही टिम बिच भएको खेलमा सिमराहा टिम शुन्य गोलको अन्तरले पराजित भएको नेपाली काङ्ग्रेसका युवा नेता एवम समाजसेवी गोपालकृष्ण यादवले जनकारी दिनुभयो । खेलमा पहिलो गोल गरेर अमही टिमका जर्सी नम्बर ८ का राकेश सिंह म्यान अफ द म्याच घोषित भएका थिए । उनले थप नगद रु १ हजार ५१ , प्रमाणपत्र र मेडल पाएका थिए ।

नेपाली काङ्गेसका बर्तमान सिरहा जिल्ला सभापती एवम पुर्व सभासद रामचन्द्र यादवको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन भएको आयोजकले जनाएको छ ।वलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी – ३ पोर्ताहाले आयोजना गरेको खेलमा नेपाली काङ्ग्रेस सखुवानन्कारकट्टी सिरहाले प्रायोजक गरेको थियो ।
आठ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको राशी प्रथम पुरस्कार नगद रु २१ हजार र द्धितिय पुरस्कार १२ हजार, सिल्ड, प्रमाणपत्र , मेडल रहेको थियो ।
स्थानीय युवा लगायत नेपाली काङ्ग्रेसका युवा नेता गोपालकृष्ण यादवको विशेष पहलमा खेल आयोजना भएको जनाईएको छ ।
शुभदिपावली छठ पर्वको अवसरमा संचालित खेलमा नेपाली काङ्ग्रेसका महासमिती सदस्य सुर्यनारायण यादव , ने .का.का तपेश्वर महतो , मो हमिद राईन , सरोज कुमार महतो लगायत नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको बिशेष उपस्थितिमा प्रतियोगिताको समापन भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१