ताजा समाचार

पोखरभिण्डा स्कुलका प्रधानाध्यापक माथी अनियमितताको आरोप

  • कार्तिक १, २०७७
  • २०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ०१ , कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै ब्यापक बिरोध भएको छ । साहले व्यवस्थापन समितिको मिलोमतोमा आर्थिक चलखेल गरेको जसपाका युवाहरूले आरोप लगाएका छन । युवाहरूको अगुवाई गर्ने जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साह माथि त्यस्तो गम्भीर आरोप लगाएका छन । पत्रकार सम्मेलन गर्दै युवा नेता यादवले भने 'हाम्रा प्र.अ साहले विद्यालयको करिब अढाई कट्ठा जग्गा सुटुक्क एक स्थानीय व्यक्तिलाई नामसारी गरिदिएका छन । त्यसैगरी साहले २०७२ सालमा डिभिजन वन कार्यलय लहानबाट स्कुलको नाममा ल्याएको साल काठ ३२ दशमलव ३० क्युविक फिट स्कुलमा गायब गरेका छन् ।

०७५/०७६ मा शैक्षिक भवन निर्माणको लागि गाउँपालिकाले ९९ लाख ६९ हजार २६३ रुपैंया उपलब्ध गराएको थियो । तर भवन निर्माण पुरा नगरी प्रअ साहले अनियमितता गरेका छन् । यस्तै २०७५/०७६ मा विद्यालयमा साईकल स्ट्याण्ड बनाउदा स्कुलको पुराना समानहरु जसता, फलाम पचास हजार पनी खर्च नगरी प्रअ साहले २ लाख १४ हजार ९६ रुपैया खाएको आरोप युनियनको प्रदेश उपाध्यक्ष यादबले दावी गरे । उनका अनुसार २०७५/०७६ मा आइसिटी व्यवस्थापनका लागि आएको १९ लाख ३१ हजार ९११ रुपैया नक्कली विल भरपाइ मिलाएर निकासा गरेको खुलेको छ । रकम अनुसारको समान खरिद भएको छैन । टेवल बेञ्चको नाममा समेत लाखौं रकम अनियमिता गरिएको छ । प्राविधिकतर्फ भर्ना गर्दा प्रतिविधार्थी १ हजारको दरले उठाएको रकमको कुनै हिसाब छैन । विद्यार्थी भर्ना बापत उठेको रकमको प्रअ साह हिसाव दिन तयार नभएको स्थानीयको गुनासो छ ।

विद्यार्थीहरुसंग अनावश्यक तरिकाले उठाएको शुल्क शिक्षकहरुको खाजा बापतको रकम, गाउँपालिकाबाट कोचिङ संचालनका लागि आएको रकम र अन्य शिर्षकमा उठाएको रकम करिब २२ लाख रुपैया पनि प्रअ साह खाएका छन् । ‘प्रअ साहले विभिन्न शिर्षकमा विद्यालयको ठुलो रकम अनियमिता गरेका छन्’, युनियन प्रदेश २ का अध्यक्ष यादबले भने, ‘तर कुनै हिसाव सार्वजनिक गर्न मानेका छैन । उहाँमाथि छानविनका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

लहानका मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, १ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले आफ्नो कार्यकाल ...

श्री माध्यमिक विद्या ...

‎निराजन यादव ‎गढवा, दाङ । दाङको गढवा गाउँपालिका–२ पचहियास्थित श्री माध्यमिक विद्यालयमा ...

ओम कोचिंगका प्रधानाध ...

प्रिन्स मिश्र कपिलवस्तु /जनकपुरधाम ओम कोचिंग सेंटर जनकपुरका प्रधानाध्यापक अभय सिंहले हिन्दु धर्मावलम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤