ताजा समाचार

अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा लहानमा र्याली निकालियो

  • असोज २५, २०७७
  • १५५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २५ असोज अन्तराष्ट्रिय बालिका दिवशको अवसर पारेर आज लहानमा सरकारको ध्यानआकर्षण गराउन र्याली निकालिएको थियो । ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव र मिथिला सोसल क्लबको सहकार्यमा राममन्दिरबाट निकालिएको र्याली शहिदचौकमा गएर कोण सभा गरी समापन गरिएको थियो । मौनता तोडौ नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तर्गत आज लहानमा दोस्रो पटक ओरेकले प्रदर्शन गरेको हो । यस अघि अक्टोवर २ अर्थात अशोज १६ गते प्रर्दशन गरिसकेको थियो । आज अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा हातमा सलोगन लिएर ५० जनाको उपस्थितिमा र्यालि निकालिएको हो । बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि १० डिसेम्बरसम्म चलिरहने र बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेककी जिल्ला संयोजक ज्योति तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤