ताजा समाचार

सिटिजन लाईफ ईन्सुरेन्सले गरे मृत्यु दाबी भुक्तनी

  • असोज १९, २०७७
  • ११४१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा लहान १९ असोज - सिटिजन लाईफ इनसुरेन्सले मृत्यु दाबी भुक्तनी गरेका छन् । सिरहाको अर्नमा गाउँ पालिका वडा नम्बर २ बस्ने चन्द्र महतोको ५६ बर्षको उमेरमा अचानक मृत्यु भएको छ । उनले २०७५ -पौष महिनाको १४ गते सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको लहान एसोसिएशन अन्तर्गत रहेको मिर्चैया साखा बाट ५ पाँच लाखको १२ बर्षको लागि बिमा गराएका थिए। उनले सिटिजन जिवन सार्थि जिवन बिमा प्रारम्भ गरेका थिए । महतो को २०७६ बैशाख १७ गते आफनै खेतमा मृत अबस्थामा फेला परेका थिए।महतोको काल गतिको कारणले गर्दा मृत्यु भएको परीवार्जनले दाबी गरेका हुन।महतोले बिमा प्रारम्भ गरेको पहिलो किस्ताको रकम २५"हजार २ सय ५३ रुपैयाँ ईन्सुरेन्स कम्पनीलाई बुझाएका थिए। दोस्रो किस्ताको समय भित्रै उनलेे मृत्यु भएको थियो।मृतको हकदार कृष्ण कुमार महतो लाई ईन्सुरेन्स कम्पनीले पाँच लाख ५०पचास हजार रुपैयाँ को चेक हस्तान्तरण गरेका छन् ।चेक बुझदै महतोले खुशि हुँदै इन्सुरेन्स कम्पनीलाई धन्यवाद दिदै,अभार प्रकट गरेका हुन्। सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको CEO पोस्क राज पौडेल,CMO भुसन रिमाल,CBO बिमल कुमार वाग्ले,ABM गंगा राम यादव लगायतका कम्पनीका वरिष्ठ पदा अधिकारीहरुको रोहवरमा मृत परिवारलाई चेक हस्तान्तरण गरेको ऐरिया ब्रान्च म्यानेजर (ABM ) गंगा राम यादव ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤