सिडियोको अनुरोध कागजमा सिमित सुचना माग्दाँ दिदैंन स्थानिय तह

  • आश्विन ७, २०७७
  • २५८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जयनाथ यादव / लहान :- जिल्ला प्रशासन कार्यालय सिरहाले १७ वटै स्थानिय तहलाई विकास तथा सेवा व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने संयन्त्र अवलम्वन गर्न अनुरोध गरेपनि कार्यनव्यन देखिएको छैन । सेवा व्यवस्थापनमा पार्दर्शिता एवं जवाफदेहिता कायम गर्न सम्बद्ध सबै तह र निकायको कर्तव्य हो यसका लागी स्पष्ट कानुनी व्यवस्था भएपनि स्थानिय तहले जिल्ला प्रशासन कार्यलयको अनुरोध कागजमा सिमित गरेको छ । नेपालको संविधानको धारा २७ तथा सुचना को हक सम्बन्धि ऐन ,२०६४ को दफा ३ र ७ ले आम नागरिक लाई सुचनाको हक दिएपनि सिरहाको गाउपालिका/नगरपालिकाले भ्रष्टाचार गरेको कालो कर्तुतको जनता सम्क्ष पर्दाफास हुने डरले आम नागरिक लाई सुचना तथा जानकारी बाट बञ्चितनै गरेको छ।

 

नवराजपुर गाउँपालिका १ का ओपेन्द्र यादवको अनुसार २०७७ अंसार २३ गते एउटै निवेदनमा २० जनाले नवराजपुर गाउंपालिका अन्तर्गत वडा नं.१ मा भएको खाध्यान राहात वितरण र ०७६/०७७को आर्थिक बर्षमा चलिरहेको विकास योजनाको नाम,लागत ईष्टिमेट र उपभोक्ता समिती गठंन भएको हस्ताक्षर सहित सुचना तथा जानकारीको प्रमाणित प्रतिलिपि पाऊं भने निवेदन साथ गाउंपालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृत अमरेन्द्र कुसियैत सम्क्ष पुग्दा निवेदन दर्ता गरनै आल टाल र विभिन्ना बहाना गरयो तर हामी निवेदन कर्ताहरु दर्ता गरनै पर्छ अडानमा रहे अन्तिमा निवेदन दर्ता गरयो दर्ता नं.१३७३ भयो । हाकिमले भन्यो एक छिन बस्नु बस्दा बस्दै दिक्क भएपछि हाकिमलाई सोध्यो हाकिमले भन्यो भोली आउनुस तपाईको माग अनुसारको विवरण कागज तयार हुन्छ समय दियो तर आजभोली गर्दा गर्दै ३ महिना हुन लाग्दा पनि आलटाल गरेर सुचना नदिने बहानामा मात्र गरियो । सोहि ठाउँका निवेदक मोहिद राईनको अनुसार भ्रष्टाचार गरेकै कारण गाउँपालिकाले पार्दर्शिता र जवाबदेहिता बाट पन्छिने गरेको छ । गाउँपालिका र वडामा पहिले सर्वाजानिक हुने विवरण सर्वाजानिक नभएपछि हामिले सुचना तथा जानकारीको हक सम्बन्धी निवेदन दियो तर हाल सम्म गाउँपालिकाले उपलब्ध गराएन । बारम्बार तगेदा गर्दा वडामै दिन्छ प्रमुख प्रशासकिय अधिकृत अमरेन्द्र कुसियैत र गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले भन्यो। वडामा जादाँ वडा अध्यक्ष राम ओतार यादवले यहाँ बाट उपलब्ध हुदैन भन्छ यसरी सुचना दिन आलटाल गर्दा हामिले सिडियो लाई फोन गरे सिडियोले भने दिन्छ गाउँपालिकाको हाकिमलाई भेटनु हाकिमलाई भेटदा सुचना दिन केही चासो देखाएन । सबैले ऐन कानुन संबिधान लाई मजाक बनाउंदै सुचना लुकाउन नदिने प्रयासमा छ उनले बताए ।

 

नवराजपुर गाउँपालिका ३ की वडा सदस्यमा निर्वाचित देव कुमारी यादवले सुचनाको हक कानुन लाई अध्यक्ष र हाकिम खुट्टाले कुल्चेर जनता र ऐन लाई मजाक बनाएको छ । मैले गाउँपालिकामा भएको कार्यहरुको सुचना मागैको २ महिना भयो हाकिम लाई भन्दा अध्यक्ष लाई भन्नु अध्यक्षलाई भन्दा हाकिमलाई भन्नु यता उता गर्दा गर्दा अहिले सम्म दिएन । कहिले ५ दिनको समय दिन्छ त कहिले ७ दिनको त्यो समयमा जादाँ कागज तयार भएको छैन भन्छ। भ्रष्टाचारको पर्दाफास हुने कारण जनता र निर्वाचित सदस्य लाई समेत पनी सुचनाको हक बाट बन्चित गरेको छ उनले बताईन। सखुवान्नकारकट्टी गाउँपालिकाका दिपेश यादवले गाउँपालिका भरीमा भएको काम कार्यहरुको विवरण बुझन सूचना तथा जानकारी हक दर्ता गराउन पटक पटक गाउँपालिका धाउँदा पनि निवेदन दर्ता भएको छैन। ‘प्रमुख प्रशासकीय अधिकृत राजीव झा कार्यालय नै आउँदैन्न थियो ।गाउँपालिकाले निवेदन दर्ता गर्न नमानेपछि प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेललाई गुहारे। कँणेलले हुन्छ हुन्छ म भन्छु भन्ने भरोसा दिए। त्यसपछि पनि निवेदन दर्ता भएन। पुनः सिडियोलाई गुहार्दा मलाई निवेदन मेल गरिदिन भनेको यादवले बताए। सिडियोलाई निवेदन मेल गरिदिएको पनि १५ दिन हुनलाग्यो तर कुनै जानकारी छैन्, उनले बताए।

 

गोपाल कृष्ण यादवले गाउँपालिकामा ३ बर्षमा भएको खर्च जनता नमुना मा.वि मौवाहिको पुर्ण खर्च, गाड़ी भडा इन्धन,आन्तरिक आम्दानी,चपाकल खरिद र जडान,गाउँपालिकामा कार्यरत कर्मचारी भर्ना प्रक्रिया पद सेवा सुविधा र कोरोना संक्रमण नियन्त्रणमा समेत खर्च भएको शिर्षकबाईज सम्पुर्ण विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन सुचना तथा जानकारीको हक सम्बन्धी निवेदन पेश गरेको छु । दर्ता नम्बर १६१ रहेको छ गाउँपालिकाले १५ दिनको उपलब्ध गराउन समय लिएको छ उनले जानकारी दिएको छ । सिरहाको स्थानिय तहले खुल्ला रुपमा आर्थिक अनियमितता र भ्रष्टाचार गरेको छ स्थानियले बताउछ। कहाँ छ अख्तियार र प्रशासन कार्वाही निकाय भ्रष्टाचारमा लिप्त स्थानिय तहले लुटतन्त्र मच्चाएको छ जनता आजित भएर परेशान छ।अब त अख्तियार र प्रशासन माथी मनमा सकां उब्जिनथालेको छ स्थानियको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१