ताजा समाचार

नेपाल विद्यार्थी संघका विद्यार्थी नेता द्धारा सखुवानान्कारकटिमा सूचना माग

सखुवानान्कारकटि गाउँ पालिकामा नेबि संघका नेता द्धारा सूचना माग

  • असोज ७, २०७७
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ भदौ - सिरहाको सखुवानान्कारकटि गाउँ पालिकामा नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुको एक समुहले गाउँ पालिकामा बिकास निर्माण लगायत कोरोना माहामारिको लागि खरीद गरेको स्वास्थ सामग्रीको हर हिसाबको लागी सुचना माग गरेको छ । नेपालको संविधानको धारा २७ एंम सुचनाको हक सम्बन्धि ऐन २०६४ दफा ३(१) र ७ बमोजिम निम्न अनुसारको सुचना प्रमानित प्रतिलिपी अध्ययन प्रयोजनको लागि गाउँ पालिका संग माग गरेका छन । सुचना ऐन अनुसार गाउँ पालिका निवेदन दर्ता प्रकिया पुरा गरी लिखित रूपमा गाउँ पालिकाको सुचना अधिकारी र गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत राजिब झा लाई नेबि संघका केन्द्रिय सदस्य गोपाल कृष्ण यादवको नेतृत्वको विद्यार्थी नेताहरुको एक समुहले गाउँ पालिकामा सूचनाको लागि पत्र बुझाएका छन् ।उक्त पालिकामा आर्थिक बर्ष २०७४/ २०७५ ,२०७५/२०७६, २०७६/ २०७७ सालमा सावरी करिद ,सवारी मर्मत ,र कोरोना नियन्त्रणका लागी पालिकाले कुन शिर्षकमा कति रकम खर्च गरेको सम्पुर्ण विवरणको अधिकारीक रूपमा गाउँ पालिका संग १५ दिन भित्रमा उपलब्ध गराईदिनु हुन गाउँ पालिकाका अध्यक्ष केदार यादव संग अपिल गरेका छन् ।उक्त कार्यक्रममा विद्यार्थी नेताहरुमा नेबि संघका जिल्ला सचिव संजिप ठाकुर , सिता राम यादव , रमन यादव ,श्याम गिरी,सन्तलाल चौधरी,रमेश यादव ,दुर्गा नन्द महतो लगायतका दर्जनौं नेपाल विद्यार्थी संघका स्कृय विद्यार्थी युवा नेताहरुको सहभागिता रहेकोे संघका केन्द्रिय सदस्य गोपाल कृष्ण यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤