Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुरमा कालो दिवस भव्यरुपमा सम्पन्न

  • असोज ४, २०७७
  • १८४२ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा । सिरहा, संविधान दिवस २०७७ को सिरहा जिल्लाको विभिन्न स्थानमा कालो झन्डा सहित नारावाजि गरेर विरोध गरिएको छ । संविधान जारी भएको पाँचौं वर्षमा पनि दलहरुले ठाउँठाउँमा विरोध गरेका छन् । सिरहाको कल्याणपुरमा असोज ३ गते कालोदिवसको रुपमाजनता समाजवादी पार्टीका नेता कार्यकर्ताले संविधान दिवसको विरोध गरेका छन् । संविधान संशोधन गर्न दबाब दिन ‘कालो दिन’को रुपमा मनाईएको जनता समाजवादी पार्टीका रामबाबु यादवले बताए ।

कालो दिवसको को कल्याणपुर बजारमा कोणसभालाई सिरहा क्षेत्र नःं ४ ख का प्रदेश नम्बर दुईका सांसद समेत रहेका तथा प्रदेश नम्बर २ का उधोग, पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डले यो संविधान मधेसी दलित जनजाति मुस्लिम, महिला र थारुको अधिकार खोसेको धारणा राख्दै मन्त्री मण्डलले अगाडी भन्नुभयो यो बिभेदकारी संविधानलाई यथास्थितिमा स्वीकार गर्न सकिदैन। यसमा व्यापक संसोधनको आवश्यकता छ। राज्य पुनर्संरचनामा हाम्रो मुख्य असन्तुष्टि हो भन्दै राज्य मन्त्रि मण्डले अगाडि भन्नुभयो राज्य पुनर्संरचना आयोगले सरकारलाई दिएको प्रतिबेदन अनुसार ११ प्रदेशको अवधारणा अनुसार प्रदेश डिमार्केसन हामी चाहन्छौ भन्ने धारणा समेत राखेका छन।

कल्याणपुरमा कालोदिवसको विरोध कोणसभामा जनता समाजवादी पार्टीका नेताहरु प्रदीप साह, रामएकवाल यादव, सुरेशकुमार साह , मुसाफिर यादव र कुशेश्वर साहलगायतले आ आफनो धारणा राखेका थिए । विरोध कार्यक्रमा कल्याणपुर नगरपालिकाका हजारौको संख्यामा विरोध रयालिमा सहभागि रहेको थियो । नेता कार्यकर्ताहरुले ब्यानर, प्लेकार्ड र निधार–पाखुरामा कालोपट्टी सहितका संविधान दिवसको विरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१