ताजा समाचार

दलितलाई पहिलो प्राथमिकता सखुवानन्कारकट्टी गा.पा अध्यक्ष यादवको पहलमा चु जी द्वारा राहत

  • भदौ २२, २०७७
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ भदौ - गैरसरकारी संस्था चु जी फाउन्डेसन र ताईवानका आर्थिक सहयोग र दलित सरोकार नेपाल सप्तरीको सहकार्यमा सखुवानन्कारकट्टी गाउँपालिका का वडा नम्बर ५ बाट राहत वितरण कार्यक्रम सुरु गरेका छन् । वडाका कुल १२३४ घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । शनिबार पहिलो दिन वडा ५ का दलित समुदायले राहत पाएका छ्न भने दोस्रो दिन वडा नम्बर ४ का दलित समुदायका १५२ जना बिपन्न परिवारलाई राहत पाएका छन् । राहत स्वरुप चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायतका राहत पाएका गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष रमेश गोइतले जानकारी दिनु भयो । बिगत ७ महिना देखी कोरोनाको कहरमा परेका बिपन्न परिवारलाई हात मुख जोडन समस्या भएको स्थानीयको भनाई छ । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले उक्त गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।

चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी गुमाएका कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन गर्दै यस प्रकारको राहत योजना ल्याएको बताए । चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गा. पा स्तर बाटै ब्यवस्थापन गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤