सिरहा प्रहरीले गरे घरेलु मदिरा नष्ट अभियान, लोकल मदिरा जानलेवा हो यसलाई वेचविखन गर्ने कार्य अपराध छ यसलाई कुनै हालतमा छुट हुदैन प्रहरी उपरिक्षक पजियार

  • साउन १८, २०७७
  • ११८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा । सिरहा । श्रावण १८ गते । सिरहा प्रहरीले घरेलु मदिरामा कडाई गरेको छ । बजार आसपासका क्षेत्रमा घरेलु मदिरा नष्ट गर्ने अभियान पनि प्रहरीले शुरु गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमा शंकर पजियारले जानकारी दिनुभएको छ । अवैध रुपमा उत्पादन हुने घरेलु मदिराले दसैँमा अशान्ति फैलाउन ठूलो सघाउ पुर्याउने भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले घरेलु मदिरामा कडाई थालेको हो । प्रहरीले घरेलु मदिरा बनाउने ठाउँमै गएर नष्ट गर्ने अभियान थालेको छ । प्रहरीले आईतवार सिरहाबाट खटिएको सादा पोषाकको प्रहरी टोली र प्रहरीचौकी औरही बाट खटीएको संयक्त प्रहरी टोलीले जिल्ला सिरहा औरही गा।पा। ५ स्थित बस्ने रामदेव कलाल र रामकृष्ण कलालको घरमा संचालन गरेको घरेलु मदिरा भट्टीबाट तयारी मदिरा ५ लिटर, कच्चा पदार्थ २५० लिटर, र मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन ८, मदिरा बनाउने मेसिन थान १ सहित नियन्त्रणमा लिईएर स्थानिय जन प्रतिनोधीको रोवहरमा नष्ट गरेको छ । त्यस्तै लहान न।पा।३ बस्ने जितु साहको घरबाट अ।८० लिटर घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन १४ थान समेत नियन्त्रणमा लिई स्थानिय जन प्रतिनोधीको रोवहरमा नष्ट गरीएको । यो अभियान निरन्तंर जारी रहने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक पजियारले जानकारी दिनुभएको छ । लोकल मदिरा जानलेवा हो यसलाई वेचविखन गर्ने कार्य अपराध छ यसलाई कुनै हालतमा छुट नहुने वताए ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१