ताजा समाचार

कोरोना संक्रमितको शव पानीमा भिज्दै सेनाले गरे व्यवस्थापन

  • साउन ४, २०७७
  • २०४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन ४ । कोरोना संक्रमणले निधन भएका पुराना एवं प्रतिष्ठित व्यवसायी राजविराज ६ निवासी रामकृष्ण दासको शव नेपाली सेनाको टोलीले आफ्नो गृह जिल्लामा ल्याई व्यवस्थापन गरेको छ । वर्षाको समयमा भिज्दै तीन घण्टामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजबाट ८ सय मिटर दक्षिण कोशी नदी बगरमा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई दासको शव व्यवस्थापन गरिएको नेपाली सेनाको भिम दल गणले जनाएको छ । गणका प्रमुख सेनानी गुप्त बहादुर कुँबरका अनुसार सहसेनानी कमल श्रेष्ठ प्रधानको कमान्डमा खटिएको ९ जनाको टोलीले मृतक परिवारका एक जना सदस्य समेतको उपस्थितिमा कोरोनाबाट मृत्यु भएका दासको शव व्यबस्थापन गरेको हो । यता बिहीबार राती १० बजेतिर कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएका दासको सुरुमा धरानमै शव व्यवस्थापन गर्ने प्रयास गरिएको थियो । तर, मृतक प्रदेश २ का रहेका र शवको व्यवस्थापन सोही प्रदेशमा गर्नु पर्ने भन्दै धरानमा कुरा उठेपछि विवाद नबढोस सोचेर गृह जिल्ला ल्याई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहको समन्वयमा शुक्रबार राती शव व्यवस्थापन गरिएको गणका प्रमुख सेनानी कुँबरले जानकारी दिए । सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाडो शव व्यवस्थापन गर्न जारि गरेको शव व्यवस्थापन निर्देशिका २०७७ अनुसार सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई शव ब्यवस्थापन गरेको आइतबार एक सूचना मार्फत गणले जनाएको छ । मुटु रोगको उपचारका क्रममा धरान पुगेका ७२ वर्षिय दासमा ज्वरो समेत देखिएपछि स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । रिपोर्ट आएको पाँच घण्टा नबित्दै उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤