ताजा समाचार

गैर आवासीय मधेशी संघ साउदी अरब शाखा समितिको बैठक अनलाइन मार्फत् सम्पन्न

कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना

  • वैशाख १९, २०७७
  • १६६५ पटक पढिएको
  • ओम प्रकाश
alt

१ मैई सऊदी । गैर आवासीय मधेशी संघ साउदी अरब शाखा समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । आज १ मैई २०२० को आँनलाईन बैठकले सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण आफन्त तथा शुभचिन्तक संग सम्पर्क बनाई राख्न अपील समेत गरेको छ। बैठकले यस संक्रमण कालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेको खण्डमा आ-आफ्नो स्तर बाट सहयोग गर्न समेत अनुरोध गरेको छ ।

लकडाउन मा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनेट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ । यसका लागी ५ मिनेट घोषणा पत्रबाट र ५ मिनेट स्थानीय विषय मिलाएर १० मिनट सम्मको भिडिओ स्पीच तयार गरी पठाउन भनिएको छ ।साथै छुट्टी को समय मा सामाजिक संजाल मार्फत समाजलाई साकारात्मक संदेश को लागि रचनात्मक र स्थानिय स्तरको समस्या माथि सामाधान खोजने जस्ता कार्य को लागि एक अर्का बिच साझेदारी गर्न समेत भनिएको छ।

कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको जनाउँदै बैठकले यसको ब्यवस्थापनका लागि संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरि सकेको साउदी शाखा प्रमुख निर्मल मण्डल ले जानकारी दिए । बैठक मा गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समिती का अध्यक्ष तथा जनमत बिदेश बिभाग प्रमुख ई बसन्त कुशवाहा समेत को बिशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤