लहानको दरबारले पाए टुस्टारको दर्जा

  • बैशाख १०, २०७६
  • १०८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १० बैशाख । दूई बर्षमा लहानको दरबार होटलले दूई तारा अर्थात टुस्टारको फुली प्राप्त गरेका छन् । फ्नडम रेष्टुराँ , २ सय सिट भएको मिटिँग हाँल व्यवस्थित, अन्तर्राष्ट्रियस्तरको स्वीमिँग पुल साथै ट्रेनिँगको व्यवस्थासहित,डिलक्स रुम (पाँच),सुपर डिलक्स (दूइ) , स्टेन्डर रुम (१२ ) र ननऐसी रुम २ छ । स्वदेशी र विदेशी खानाको परिकारको विशेष व्यवस्था रहेको आधारमा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय राजविराजले सो मापदण्ड पूरा भएको भन्दै टुस्टारको दर्जा दिएको होटल प्रबन्धक यम विश्वकर्माले बताए । २०७३ बैशाख महिनाको १७ गतेदेखि सँचालनमा आएको दरबार होटल प्रदेश २ र सगरमाथा अँचलको नमुनाको रुपमा रहेको छ । चार करोड ५० लाखको लगानीमा संचालन भएको सो होटलमा आन्तरिक र बाहिरीय पर्यटकहरुको लगाव बढ्दै गएको छ । दूई बर्षकै अन्तरालमा देश विदेशका अतिथिहरुलाई मन जित्न सफल समेत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै होटेललाई नेपाल सरकारबाट दूई तारे होटेलको मान्यता पाएको सार्वजनिक गरिएको छ । होटेल प्रबन्धक याम विश्कर्माका अनुसार आउने दिनमा कमी कमजोरीलाई सुल्झाउदै रेष्टुरेन्टलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन प्रतिबद्धता गरेका छन् । अगामी दिनमा १ हजार बस्ने हँलको पाँच तल्ले भवन बनाउने योजना रहेको बताए । होटेलमा ४० जना भन्दा बढी रोजगारी पाएको छ भने बार्षिक अढाई करोडबढीको कारोबार रहेको छ । प्रबन्धक विश्वकर्माले भने लहानमा कुनै पनि होटेलसंग हामी प्रतिस्पर्धा गरेको छैन । होेटल प्रयोजनका लागि खाद्य सामाग्रीहरु बाहिरबाट आउने गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले स्वच्छ सुन्दर र सफा राख्न ध्यानाकर्षण गराउँनु भएका थिए । दरबार होटल डा.श्रीकृष्ण यादव र विरेन्द्र साहका लगानीमा सँचालन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

उपप्रधानमन्त्री यादव ...

 लहान चैत्र १६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य ...

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१