नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना दिदै मन्त्री साह ले भने "समृद्ध मधेस नै हाम्रो सपना"

  • प्रकाशित मितिः बैशाख 1, 2076
  • 51 पटक पढिएको
  • सिराहा टाइम्स

मनोज बनैता, सिरहा, १ बैशाख । नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना दिदै भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह ले भन्नू भयो "समृद्ध मधेस नै हाम्रो सपना" हो र यसलाई हामी पूरा गरेर छाड्छौ । वहाँले थप्नु भयो कि "विभिन्न कालखण्डका आन्दोलन र विद्रोहबाट प्राप्त संघीयतामार्फत मधेसी जनतालाई अधिकारसम्पन्न तुल्याउने हाम्रा प्रयास अझै तीव्रतर बनेका छन् । हामी सडक, सदन र सरकार सबै मोर्चामा हकअधिकार प्राप्तिकै लागि संघर्ष गरिरहेका छौं ।" अधिकार निषेध गर्ने दुष्प्रयासहरूलाई चिर्दै अघि बढ्नुको साथै समृद्धिका माध्यमबाट मधेसी जनताको अनुहार उज्यालो बनाउने र ओठमा मुस्कान छर्ने प्रदेश २ सरकार को संकल्प यस नव वर्षमा थप उर्जाका साथ बढ्ने विश्वास मन्त्री साहले व्यक्त गर्नु भएको छ । प्रदेश २ का अधिकांश जनता कृषिबाट जीवीकोपार्जन गर्ने गर्छन् । तर, विगतका वर्षमा कृषि क्षेत्रमा भएका लगानीको प्रतिफल सही किसानले प्राप्त गर्न सकेनन् । जसले गर्दा कृषि क्षेत्रमा मूलभूत रूपान्तरण हुन सकेन । प्रदेश सरकार किसानका चाहना र आवश्यकताका आधारमा विभिन्न योजना तय गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा आमूलचुल परिवर्तन गर्ने कोसिस गरिरहेको छ । देशकै कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रलाई वैज्ञानिक र व्यवहारिक ढंगले अघि बढाउन तथा कृषकको वृत्ति विकास, साधनस्रोतको उपलब्धता आदिबाट कृषि कार्यलाई सहज बनाउन प्रदेश सरकार लागिपरेको छ । अन्त्यमा वहाँले भन्नुहुन्छ "प्रदेश २ लाई कृषिजन्य उत्पादनमा आत्मनिर्भरमात्र नभएर निर्यातक प्रदेशमा परिणत गर्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौं । यो नयाँ वर्षमा हाम्रा कामना र प्रतिबद्धताहरूले मूर्त रूप लिनेछ भन्ने अपेक्षा गर्दछु ।"


राज्यमन्त्रीले नै गराईदिए दलितको वालविवाह

आलोक यादव लाहान, ११ बैशाख । प्रदेश दुई सरकारले चलाएको बेटि पढाउ , बेटि बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त

मिर्चैयमा पहिलो पटक फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

राम नारायण पंडित, सिरहा, ११ बैशाख । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्

लहानको दरबारले पाए टुस्टारको दर्जा

नवसंग्राम दैनिक लहान १० बैशाख । दूई बर्षमा लहानको दरबार होटलले दूई तारा अर्थात टुस्टारको फुली प्राप्त गर


Copyright © 2019 - Sirahatimes.com All rights reserved

Hosted on - Prabhu Host


Hit Counter