सिरहामा जनमत पार्टीको विशाल जनसभाको तयारी पुरा (फोटो फिचर)

  • चैत्र २९, २०७५
  • ८८६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २९ चैत । जनमत पार्टीले सिरहामा गर्न लागिएको बिशाल जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा भोली (शनिवार) गर्न लागेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको मन्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले बताए । जनसभालाई सम्बोधन गर्न डा. राउत भोली नै मिर्चैया आउने बताईएको छ । 
56659878_1861288103975534_1325338830651260928_n
नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा आएका डा. राउत सम्बोधन गर्ने जनसभाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनसभा मुल आयोजक समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले बताए । जनसभामा ठूलो संख्यामा जनमास उतार्ने लक्ष्य बमोजिम व्यवस्थापन गरिएको उनले दाबी गरेका छन् । जनसभा स्थल मोहन मावि मिर्चैयाको प्राँगनमा विशाल पण्डाल बनाइएको छ भने नगरको बिभिन्न भागमा स्वागतद्धार निर्माण गरिएको छ । 
 
 
डा. राउतको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेपछि जनमत पार्टी गठन गरेर ‘जनमत दो, आजादी लो’ नारा सहित अघि बढेको छ । नेपाल सरकारसंग सहमति पश्चात लहानमा दुई दिनसम्म बसेको बैठकले जनमत पार्टी गठन गरेका थिए ।
 
 
सुरक्षा व्यवस्था चुस्त : डिएसपी खनाल
 
भोली हुने सिके राउत नेतृत्वको विशाल जनसभाको मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यबस्था मिलाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले जनाएको छ । आफ्नो मातहतमा रहेका ईप्रका तथा चौकीहरुको सुरक्षाकर्मीहरुलाई आवश्यकता हेरी परिचालन गरिएको उनले बताए । पब्लिकको अवस्था हेरी आवश्यक परे अन्यत्रबाट पनि थप सुरक्षाकर्मी बोलाउने डिएसपी खनालले बताए । 
56551768_1003950073135973_1092443288427823104_n
56795593_443811266365572_7932541232612376576_n
56847942_2093994017385762_9185280873849683968_n
56890291_814907938868404_6914020906943643648_n

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१