हत्याको श्रृखँला, सिरहामा दूई रहस्मय शव फेला परे

  • फाल्गुन २७, २०७५
  • १०१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २७ फागुन । एक सत्ता नवित्दै सिरहामा दूई शव देखा परेको छ । दुवै शवको बारेमा जनमानसमा हत्याको दावी गरिएको छ भने लहान प्रहरीले मदिरा सेवन गरेर मृत्यु हुन सक्ने जानकारी गराएको छ । लहान ११ पडरिया स्थित रहेको सत्यम ट्रेर्डस्मा कार्यरत विकास पाण्डेको शव फागुन २३ गते फेला परेको छ । ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवका अनुसार पाण्डेलगायत उनीका साथीहरु फागुन २२ गते राती मदिरापान गरी सुतेका थिए । पाण्डे सुतेको सुते भएपछि हामीलाई खबर आएलगतै आवश्यक छानविन शुरु गरिएको बताए । इन्स्पेक्टर यादवले भने पाण्डेको शरिरमा त्यस्तो कुनै किसिमको चोटपटक नलागेकोले मदिरा सेवनबाटै मृत्यू हुनसकिने बताए । महोत्तरी निवासी पाण्डेका परिवारजनले उनका साथीहरुले आपसी विवादमा हत्या गरिएको हुन सकिने भन्दै छानविनको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । यस विषयमा प्रदेश २ सरकारलाई चासो लागेको स्रोतको कथन छ । यता, फागुन २६ गते ठाडीमा एक शव फेला परेको छ । भारतको लौकहा निवासी सन्तोषकुमार साह नेपालको ठाडीबाट मदिरा सेवन गरी रिक्सा चलाउँदै घर फर्किरहेको अवस्थामा बाटोमै उनको मृत्यू भएको लहान प्रहरीले दावी गरिएको छ । करिब ६० बर्षीय साहका पत्नि केही दिन पहिले घरबाट भागेकोले उनी मानसिक तनावमा रहँदै आएको स्थानीयहरु बताउँछन् । उनको लाश नजिक केही मदिराको बोतल समेत रहेको थियो । उता, सिरहाको धनगढीमाई ६ बस्ने १७ बर्षीय सुभाष यादवलाई सिमापारी भारतको खुटौनामा गोली हानेर हत्या गरेको अवस्थामा एक महिना अगाडि शव फेला परेको थियो । त्यसैगरी माघ १८ गते बेपत्ता भएका लहान २४ का ३५ बर्षीय गजेन्द्र यादवको शव पनि भारतको पिपराही पर्साहीमा फेला परियो । उनलाई छुरा रोपेर हत्या गरिएको थियो । यसैबीच, लहानक्षेत्रबाट पाँच बालक बेपत्ता रहेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१