पाकिस्तानमा मुसलधारे वर्षासँगै आएकाे बाढीले कम्तिमा ६ जनाको मृत्यु

  • फाल्गुन २०, २०७५
  • ६६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन २० । बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिमपात समेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।वर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ । डुबानको कारण घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका छ । उनीहरुको मृत्यु करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा पुरिएर मृत्यु भएको छ । बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा परेको छ । जसको कारण यातायात सेवा समेत अवरूद्ध बनेको छ । वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको संख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिँदै सुरक्षित स्थलतर्फ जान निर्देशन जारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१