‘जनताको कचहरी कार्यक्रम’-कानुन उत्पीडित मैत्रीे : मन्त्री यादव

  • फाल्गुन २०, २०७५
  • ५६० पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २० फाल्गुन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश सरकारको ‘आपके सरकार, आपके द्धार’ कार्यक्रम अन्र्तगत ‘जनताको कचहरी कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले बनाउन लागेको कानुनहरु उत्पीडित समुदायमैत्री हुने दाबी गरे । 

 

जनतालाई न्याय दिलाउनका लागि जस्तो सूकै शक्तिसँग प्रदेश सरकार लड्न तयार रहेको उल्लेख गर्दै उनले पहिले जस्तो अन्याय र अत्याचार सहेर बस्नुपर्ने अवस्था अहिले नरहेको दाबी गरे । भूमि व्यवस्था सम्बन्धी विधेयक प्रदेश सरकारले चाँडै नै ल्याउन लागेको जानकारी दिदै उहनले बिधेयक पारित भएपछि भुमाफियाहरु पाखा लाग्ने जिकिर गरका छन् । तराई मधेशमा ठुलो समस्याको रुपमा देखिएका दहेजप्रथा, लागुपदार्थ, महिलाहिंसा, जग्गा सम्बन्धी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि प्रदेश सरकारले विधेयक ल्याउन लागेको उनले स्पष्ट गरे । 
52708569_407917873109270_6337043057757650944_o
प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले जनताको हितमा संवेनशील भएर कानुन निर्माणका कार्यहरु तीव्र रुपमा अघि बढाएको बताएका छन् । कुनैपनि जग्गामा उपभोग गरेको ३० वर्ष पुगेको खण्डमा उपभोगकर्ताकै नाममा जग्गा नामसारी हुने कानुनी व्यवस्था नै रहेको खुलासा गर्दै महान्यायधिवक्ता झाले अब कसैसँग अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 
 
कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुनिता राम, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, वडा अध्यक्ष रामकुमार यादव लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१