सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर छैन ः ठाकुर

  • फाल्गुन १९, २०७५
  • ६५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राहुल कुमार सिंह जनकपुरधाम फागुन १९ गते । सत्तामा रहेकाहरु नै संघियता कार्यान्वयनमा गम्भिर नरहेको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले आरोप लगाएका छन । चेतनाले जनकपुरधाममा आयोजना गरेको संघियता कार्यान्वयन विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजपा नेता ठाकुरले वर्तमान संविधान जारी गर्नेहरु मध्येबाट नै केही तत्व नै संघियता बिरोधी रहेकाले संघियता कार्यान्वयन तर्फ मुलुक गम्भिर हुन नसकेको आरोप लगाएका छन । उनले वर्तमान सरकारका नेतृत्वकर्ताहरु पंचायती शासनको समयमा रहेको राष्ट्रियताभन्दा बाहिर आउन नसकेको बताएका छन । मधेशको आवाज कमजोर पार्न र अल्पमतमा पार्नकै लागि मधेशको सीमा अतिक्रमण गर्ने गरी प्रदेशको सिमांकन गरिएको ठाकुरको भनाई थियो । सरकारले सुरक्षा तथा विकासको अनुगमनको जीम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन लागिएकोमा ठाकुरले असंतोष समेत व्यक्त गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश भित्रका सुरक्षा तथा विकासको जीम्मा लगाउन लाग्नु संघियताको मर्म विपरित रहेको आरोप लगाउनुभयो । नेता ठाकुरले मधेशवादी दलसंग विभिन्न समयमा सरकारले गरेको सम्झौताहरु पूरा नगरे फेरी आन्दोलनमै जाने चेतावनी दिनुभयो । उहाँले प्रदेशलाई अधिकार सम्पन्न बनाउने तथा अधिकार प्राप्तिकै लागि वर्तमान सरकारलाई समर्थन गरेको चर्चा गर्दै यी सब पूरा नभए फेरी सडकमै जानका लागि तयार रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

नेपाल औ. ब्य. संघ सि ...

रहमुल लहान ०३ वैशाख ।नयाँ वर्ष २०८१ को शुभ अवसरमा लाग्ने सिरहाको लहान नगरपालिका १२ स्थित फुलवारी मेल ...

सिरहाको पतारी पोखरीम ...

विष्णुदेव सरदार/सिरहा/बैशाख २ गते । सिरहाको दक्षिणी सिमावर्तीमा पर्ने राजमार्ग देखि १० किलोमिटर दक्ष ...

ललकु मा.वि.मा अंग्रे ...

लहान वैशाख १ । मधेश प्रदेशको सिरहा जिल्लामा पर्ने लहान नगरपालिकाले श्री लक्षमण ललिता कुशवाहा माध्यमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१