सिमा अत्तिक्रमण विरुद्ध नाराबाजी, ठाढीमा खुलाआम मदिरापान

  • फाल्गुन १५, २०७५
  • ९२७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १५ फागुन । सिरहाको ठाढी सीमा क्षेत्रमा भारतीय नागरिक र सीमा सुरक्षाबलले गरेको सीमा अतिक्रमण र ज्यादतीको विरोधमा नारावाजी गरेको छ । लौकहामा भारतीयपक्षले दशगँजामै कस्टम कार्यालय सँचालन गरि नेपालको भूमि अतिक्रमण गरिएको स्थानीयको आरोप छ । यो सँगै भारतीय नगरिकहरुले दशगँजामै घर टहरा निर्माण गरी नेपाली भूमि अत्तिक्रमण गरिएको छ । दशगँजालगायत नेपालको भूमि अत्तिक्रमण रोक्न स्थानीयवासीसहित नेकपा (क्रान्तिकारी माओवादी) बैद्य पक्षले शान्तिपूर्ण रुपमा ठाढीमा नारावाजी गरिएको छ । माओवादीका नेता कार्यकर्ताहरुले भारतीय विस्तारवाद र नेपाल सरकारको राष्ट्रघाती चरित्रका विरुद्ध चर्को नाराबाजी गरेका छन् । माओवादीका सिपी गजुरेल र कृष्णदेव सिँहको नेतृत्वमा सीमा अतिक्रमणको विरोधमा फागुन ८ गते जुलस प्रदर्शन गरिएकोे छ ।

नेपालको ठाढी र भारतको लौकहा सिमाक्षेत्रमा भारतीयहरु अत्तिक्रमण गर्दा स्थानीयहरुबीच ६ पटक विवाद भएको ठाढीका रामकुमार यादवले बताए । विवाद हुँदा भारतीय एसएसबी र भारतीय नागरिकले सो कस्टम कार्यालय तथा घर टहरा हटाउँने सहमति गरिएपनि हालसम्म नहटाएको बर्षो भएको छ । अत्तिक्रमण रोक्न र दशगँजाबाट कस्टम कार्यालय हटाउँन सिरहाका अधिकारीसमेतको छलफलमा स्वीकार गरिएपनि हालसम्म भारतीयपक्षले नहटाउँदा स्थानीयहरुले नाराबाजी गरिएको छ । यता, सिमादेखि पाँच सय मिटरमा मात्रै रक्सी तथा कारोबार गर्न पाइने प्रावद्यान रहेको छ । तर, ठाडीको सिमाक्षेत्रमा खुलाआम रक्सीपानको पसल खोलेर विक्री गरिरहेको छ । ठाढीमा खुलाआम घरेलु मदिरा खरिद विक्री भइरहेको छ । भारतको विहारमा मदिरा प्रतिबन्ध गरिएकोले सिमापारीका ग्राहकहरु नेपाल छिरेर मदिरापान गर्ने गरेको छ । यो सँगै रातारात संकलित मदिरा भारतसमेत पठाउँने गरेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१